टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कैलाली मालपोत कार्यालयका  तत्कालीन प्रमुख मोहन स्नेही सराईली र  नापी कार्यालय प्रमुख मानबहादुर चन्दसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

साविक नारायणपुर-८ अन्तर्गतको कित्ता नं. ९०८ को क्षेत्रफल १५-०-० ज.बि. (बिगाह) जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गैरकानूनी तवरबाट जंगलको नाममा रहेको सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेष (विन्द्रा रावल, कमल बहादुर रावल, सुशिल बहादुर रावल, बिमल बहादुर रावल) को संयुक्त नाममा स्रेस्ता पूर्जा कायम गरी हकहस्तान्तरण गरेको र पछि उक्त जग्गाको दर्ता स्रेस्ता सम्बन्धी सम्पूर्ण कागजातहरु कार्यालयको अभिलेखबाट समेत नष्ट गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

अख्तियारले मालपोत र नापीप्रमुखसहित ८ जनाले २४ करोड ६ लाख ६९ हजार अनियमितता गरेको आरोप लागाउदै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्‍याएको हुँदा निजहरु मोहन स्नेही रसाईली र अग्नी बहादुर शाही, नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द र सर्भेक्षक दशरथ मण्डल तथा जग्गा आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशिल बहादुर रावल र बिमल बहादुर रावललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । उनीहरु मतियारको कसुर पुष्टि भएको हुँदा चौबीस करोड छ लाख उनान्सत्तरी हजार रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारलाई भए सरहकै बिगो तथा कैद सजाय हुनुपर्ने अख्तियारको दाबी छ ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ६ : ३६ बजे

परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

काठमाडौं– नेपाल अहिले पनि विश्वका धेरै मातृ मृत्युदर भएका देशमा

पाँच वर्षदेखि प्रयोगबिहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

तेह्रथुम- तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा– उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका गोठाला भेँडाबाख्रा

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए नाम

काठमाडौं– काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५०

सुकुम्वासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर

काठमाडौं– बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुम्वासीका लागि