गगनप्रति रविको आक्रोश : बाख्राका नाममा कृषि अनुदान खानेलाई पनि नछाडौं « Khabarhub

गगनप्रति रविको आक्रोश : बाख्राका नाममा कृषि अनुदान खानेलाई पनि नछाडौं


६ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सहकारी ठगी प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिएका हुन् । उनले जवाफका क्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापामाथि सबैभन्दा तिखो कटाक्ष गरेका छन् ।

अब सहकारी ठगलाई मात्रै संसद्‍बाट बाहिर पठाएर नहुने उनले बताए ।

कृषि अनुदानको रकम हिनामिना गर्नेलाई पनि संसद्‍बाट बाहिर पठाउन पर्ने भन्दै उनले गगनमाथि कटाक्ष गरे । उनले कांग्रेस महामन्त्री थापालक्षित गर्दै देशको गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाए ।

‘सहकारी ठगी गर्नेलाई मात्र होइन, कृषि अनुदान हिनामिना गरेर कुखुरा, हाँस, माछा, खसी, बोका पाल्नेलाई पनि बाहिर पठाऊँ । दुई तीन वटा नागरिकता बोक्नेलाई मात्रै होइन, नागरिकता एउटै बोक्ने, देशकै बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेण्टहरुलाई पनि बाहिर पठाऊँ । देशको मन्त्री होस् या पार्टीको महामन्त्री होस्,’  लामिछानेले  भने ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ६ : ५६ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव