रविमाथि गगनको कटाक्ष : संसद्‍मा टीभी प्रस्तोता बोलेको कि गृहमन्त्री? « Khabarhub

रविमाथि गगनको कटाक्ष : संसद्‍मा टीभी प्रस्तोता बोलेको कि गृहमन्त्री?


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा केटाकेटीपन देखाएको बताएका छन् ।

आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठक गृहमन्त्री लामिछानेले स्पष्टीकरण दिएपछि आयोजित पत्रकार सम्मेलनमा थापाले यसो भनेका हुन् ।

लामिछानेले हिजो टेलिभिजन प्रस्तोता हुँदाको जस्तै बोलेर संसद्, पत्रकार र नेपाली जनतालाई बहकाउने काम गरेको बताए ।

‘कुनैबेला एकजना टेलिभिजन प्रस्तोता थिए, कहिले नाकको डाँडी भाँच्छु भन्थे, कहिले ठूलोठूलो स्वरले चिच्याउँथे’, उनले भने, ‘म आज गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता संसद्‍मा बोलेको हो झुक्किएँ ।’

‘उहाँमा टेलिभिजन प्रस्तोता हुँदा एउटा कुरा तर अब गृहमन्त्री रुपमा ठूलो जिम्मेवारी छ । म तेरो फाइल खोल्दिऊँ, अनुसन्धान गरिदिऊँ भन्ने होइन’, उनले भने, ‘गृहमन्त्रीले त्यसो भन्ने होइन, धमाधम अनुसन्धान गर्ने हो।’

थापाले आफू प्रसूती गृहमा जन्मिएको बताउँदै त्यहीँदेखि अनुसन्धान गरे हुने बताए । उनले आफूले विदेशलाई सूचना बेचेको भनेर लगाइएको आरोपलाई केटाकेटीपनको संज्ञा दिए ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ७ : ४९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार