रविमाथि गगनको कटाक्ष : संसद्‍मा टीभी प्रस्तोता बोलेको कि गृहमन्त्री? « Khabarhub

रविमाथि गगनको कटाक्ष : संसद्‍मा टीभी प्रस्तोता बोलेको कि गृहमन्त्री?


६ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा केटाकेटीपन देखाएको बताएका छन् ।

आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठक गृहमन्त्री लामिछानेले स्पष्टीकरण दिएपछि आयोजित पत्रकार सम्मेलनमा थापाले यसो भनेका हुन् ।

लामिछानेले हिजो टेलिभिजन प्रस्तोता हुँदाको जस्तै बोलेर संसद्, पत्रकार र नेपाली जनतालाई बहकाउने काम गरेको बताए ।

‘कुनैबेला एकजना टेलिभिजन प्रस्तोता थिए, कहिले नाकको डाँडी भाँच्छु भन्थे, कहिले ठूलोठूलो स्वरले चिच्याउँथे’, उनले भने, ‘म आज गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता संसद्‍मा बोलेको हो झुक्किएँ ।’

‘उहाँमा टेलिभिजन प्रस्तोता हुँदा एउटा कुरा तर अब गृहमन्त्री रुपमा ठूलो जिम्मेवारी छ । म तेरो फाइल खोल्दिऊँ, अनुसन्धान गरिदिऊँ भन्ने होइन’, उनले भने, ‘गृहमन्त्रीले त्यसो भन्ने होइन, धमाधम अनुसन्धान गर्ने हो।’

थापाले आफू प्रसूती गृहमा जन्मिएको बताउँदै त्यहीँदेखि अनुसन्धान गरे हुने बताए । उनले आफूले विदेशलाई सूचना बेचेको भनेर लगाइएको आरोपलाई केटाकेटीपनको संज्ञा दिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ७ : ४९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र