प्रादेशिक चलचित्र विकास बोर्ड गठन गर्छौँ : मुख्यमन्त्री कार्की « Khabarhub

प्रादेशिक चलचित्र विकास बोर्ड गठन गर्छौँ : मुख्यमन्त्री कार्की


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि प्रादेशिक चलचित्र विकास बोर्ड बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिर्तामोडमा आजदेखि सुरु कोशी चलचित्र महोत्सवको उद्घाटन समारोहमा उनले कला, साहित्य, संस्कृति र पर्यटकीय क्षेत्रमा धनी रहेको कोशी प्रदेशसँग चलचित्र छायाङ्कनका लागि नेपाली र भारतीय चलचित्रकर्मीलाई आकर्षण गर्न सक्ने सामर्थ्य भएको बताए ।

उनले कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा चलचित्र छायाङ्कनका लागि ‘आउटडोर’ र ‘इन्डोर’ छायाङ्कनस्थल निर्माण गर्न बजेट छुट्टाउने आश्वासन दिए । मौलिक कला र संस्कृतिलाई जगेर्ना गर्दै पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्‍याउने चलचित्र निर्माण गर्न उनले आग्रह गरे ।

नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले चलचित्र मनोरञ्जन प्रदान गर्ने माध्यम मात्र नभएर २१औँ शताब्दीमा देशको राष्ट्रियता, कला र संस्कृतिको पहिचान बोक्ने शक्तिशाली माध्यम भएको बताए ।

उनले प्रदेश स्तरमा महोत्सवको आयोजना गर्ने कोशी पहिलो प्रदेश भएको जनाउँदै यस क्षेत्रको विकासका लागि प्रादेशिक विकास बोर्ड गठन हुनुपर्ने माग गरे ।

यही जेठ ११ गतेसम्म सञ्चालन हुने कोशी चलचित्र महोत्सवको आयोजना कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेको हो । यसको व्यवस्थापन कोशी चलचित्रकर्मी सङ्घले गरेको छ ।

प्रदेशका भाषा भाषी र जातजातिको मौलिक चलचित्रहरू महोत्सवका क्रममा प्रदर्शन हुने भएका छन् । महोत्सवमा चलचित्रसम्बन्धी कार्यशाला, गोष्ठी र सांस्कृतिक झाँकी प्रस्तुत हुने भएका छन् । बिर्तामोड, विराटनगर, इटहरीलगायत सहरमा छानिएका चलचित्रहरू महोत्सवमा प्रदर्शन गरिने चलचित्रकर्मी सङ्घ कोशी प्रदेश समितिका महासचिव रमेश तिवारीले बताए ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ८ : ०२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित