पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी « Khabarhub

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी


६ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले जित दर्ता गरेको छ । आइतबार भएको खेलमा पञ्जाबविरुद्ध हैदराबादले चार विकेटको जित दर्ता गरेको हो । जितसँगै शीर्ष हैदराबाद दुईमा रहेर क्वालिफायर खेल्ने सम्भावना बलियो बनेको छ ।

पञ्जाबले दिएको २१५ रनको लक्ष्य हैदराबादले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि ओपनर अभिषेक शर्मा २८ बलमा ५ चौका र ६ चौकासहित सर्वाधिक ६६ रन बनाए ।

त्यस्तै हेनरिक क्लासेन ४२, राहुल त्रिपाठी ३३ र नितेश कुमार रेड्डी ३७ रनमा आउट भए । पन्जाबका लागि अर्शदीप सिंह र हर्षल पटेलले २–२ विकेट लिए ।

त्यसअघि राजिव गान्धी इन्टरनेशल स्टेडियम टस जितेर पहिला ब्याटिङ रोजेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । उसका लागि ओपनर प्रभशिम्रन सिंहले ४५ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रन बनाए ।

त्यस्तै थर्व टैडे ४६ तथा जितेश शर्माले ३२ रन बनाए । राइली रोसोउ ४९ रन बनाएका थिए। हैदराबादका टि नटराजनले २ तथाप्याट कमिन्स र विजयकान्थले १–१ विकेट लिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ८ : ५७ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब