‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा « Khabarhub

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा


६ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा यात्रा’ सुरु गरेका छन् ।

पार्टीको नीति, निर्णय र सांगठनिक संरचनाका सबल र दुर्वल पक्ष पहिचानका लागि डा. ढकालले असार ५ गतेसम्म देशभर यात्रा गर्ने रास्वपाले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा समीक्षा यात्राकाका लागि घण्टी दिएर विदाई गर्दै सभापति रवि लामिछानेले महामन्त्री ढकालमार्फत विभिन्न पक्षबाट प्राप्त हुने सुझावले पार्टीलाई चुस्त–दुरुस्त र थप जनमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

‘पार्टीले सधैं नागरिक, सदस्य र सरोकारवालाबीच पुगेर तिनका सुझावका आधारमा आफूलाई परिस्कृत गर्नुपर्छ। महामन्त्रीज्यूको यो यात्रा पार्टी स्थापना यता हामीले लिएको नीति र निर्णयको समीक्षाका लागि सहयोगी हुने विश्वास लिएको छु’ सभापति लामिछानेले भने ।

वैशाख २१ गते बसेको सचिवालय बैठकले महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाउने निर्णय गरेको थियो।

 

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ९ : २७ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने