प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास « Khabarhub

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास


६ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ। सिटीले यो उपाधि जित्ने क्रममा विश्व फुटबलमै दुर्लभ इतिहास बनाएको छ।

घरेलुु मैदान इतिहादमा आइतबार राति भएको जारी सिजनको अन्तिम अर्थात् निर्णायक खेलमा टोली वेस्टह्याम युनाइटेडलाई ३-१ गोल ले हराउँदै सिटीले दुर्लभ इतिहास बनाएको हो।

इङ्लिस फुटबलको १३६ वर्षको इतिहासमा सिटीले पहिलोपटक पटक लगातार चौथोपटक उपाधि जितेर दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाएको हो ।

सिटीले यो सिजनसहित प्रिमियर लिग उपाधि १० पटक जितेको हो । सिटीले यसपटक उपाधि जित्दा ३८ खेलबाट ९१ अंक बनायो। उता अन्तिम खेलसम्म उपाधि होडमा रहेको आर्सनलले ८९ अंक बनायो।

अन्तिम खेलमा सिटीलाई जिताउने क्रममा प्लेयर अफ द सिजन फिल फोडेनले २ र रोड्रीले १ गोल गरे। वेस्टहयामका लागि मोहम्मद कुदुसले १ गोल फर्काए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ११ : २३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया