विश्वकपमा आजदेखि ‘सुपर ८’का खेल : अमेरिका र दक्षिण अफ्रिकाको पहिलो भिडन्त « Khabarhub

विश्वकपमा आजदेखि ‘सुपर ८’का खेल : अमेरिका र दक्षिण अफ्रिकाको पहिलो भिडन्त


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा बुधबारदेखि ‘सुपर ८’ का खेल हुँदैछन्। ‘सुपर ८’ को पहिलो प्रतिस्पर्धा दक्षिण अफ्रिका र अमेरिकाबिच हुँदैछ। यो खेल नेपाली समय अनुसार बुधबार साँझ ८:१५ बजे सुरु हुनेछ।

दक्षिण अफ्रिका समूह चरणका आठ खेलमा अपराजित रहँदै ‘सुपर ८’पुगेको हो। समूह चरणमा चार जित निकाल्दै समूह ‘डी’को विजेता बनेको साउद अफ्रिकालाई विश्वकपको दाबेदार टिम मानिन्छ।

समूह चरणको पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको साउथ अफ्रिकाले दोस्रो खेलमा नेदरल्यान्ड्समाथि चार विकेटको जित निकालेको थियो। तेस्रो खेलमा बंगलादेशमाथि ४ रनले विजयी भएको दक्षिण अफ्रिका नेपालसँगको सनसनीपूर्ण चौथो खेलमा १ रनले विजयी भएको थियो।

समूह ‘ए’मा रहेको अमेरिका भने समूह चरणका दुई खेलमा जित, एक खेलमा अंक बाँडेको अमेरिका एक खेलमा हारसहित समूहको उपविजेता बन्दै सुपर ८ पुगेको हो।

पहिलो खेलमा क्यानडामाथि ७ विकेटको शानदार जित निकालेको अमेरिले दोस्रो खेलमा पाकिस्तानसँग सुपर ओभर खेलेको थियो। पाकिस्तानसँग सुपर ओभरमा विजयी भएको अमेरिका तेस्रो खेलमा भारतसँग ७ विकेटले पराजित भयो। चौथो खेलमा भने भारतले आयरल्यान्डसँग अंक बाँडेको हो। अमेरिका पाँच अंक जोड्दै समूहको उपविजेता बनेर ‘सुपर ८’ पुगेको हो।

आयोजक अमेरिका र दक्षिण अफ्रिकाको सुपर ८ को पहिलो भिडन्तलाई रोचक रुपमा लिइएको छ।

‘सुपर ८’ मा खेल्ने आठ टोलीको टुङ्गो यसअघि नै लागिसकेको छ। यी आठ टोली मध्ये समूह १ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बङ्गलादेश छन्। समूह २ मा दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज र इङ्गल्यान्ड छन्। दुई समूहमा विभाजन गरिएका यी आठ टोली मध्ये दुवै समूहबाट शीर्ष टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : २३ बजे

ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न (तस्बिरहरू)

काठमाडौं– ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न भएको छ

विज्ञको प्रश्न : घातक निपाह भाइरस रोक्न नेपालले ढिलाइ त गरिरहेको छैन ?

भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्य प्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं– अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा

व्यवस्था फेरिँदैमा जनताको चहाना सम्बोधन हुँदैन : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले व्यवस्था परिवर्तनले मात्रै

अमरेशको दाबी : जीवनकै सबैभन्दा धेरै अन्तरले जित्छु, रास्वपाले १६० सीट ल्याउँछ

सर्लाही- सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार