प्रतिनिधिसभा बैठक बस्दै, बजेटमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरका बस्नेछ ।

आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुनेछ ।

छलफलका क्रममा सांसद पुष्पबहादुर शाह, प्रेम सुवाल, डा. अमरेश कुमार सिंह र ध्रुवबहादुर प्रधानले युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । योसँगै बजेटका मन्त्रालयगत शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम सकिनेछ ।

यस्तै, आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

आज स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सहरी विकास, रक्षा, खानेपानी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बजेट शीर्षकमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने छन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : ४२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल