युरोकपमा जर्जियालाई हराउँदै टर्कीको जित « Khabarhub

युरोकपमा जर्जियालाई हराउँदै टर्कीको जित


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा समूह ‘एफ’को टर्कीले विजयी सुरुवात गरेको छ । गएराति भएको समूहको खेलमा पहिलो पटक युरोकपमा सहभागी जर्जियालाई ३–१ गोलले हराउँदै टर्कीले जित निकालेको हो ।

टर्कीका लागि मर्ट मल्डर, आर्दा गुलेर र केरेम अक्टुरकोग्लुले एक–एक गोल गरेका थिए । जर्जियाका जर्जेस मिकाउताङ्जेले एक गोल फर्काएका थिए ।

खेलको २५औँ मिनेटमा टर्कीका मल्डरले सुरुवाती गोल गरेका थिए । तर ३२ औँ मिनेटमा जर्जियाका जर्जेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ६५औँ मिनेटमा गुलेर र दोस्रो हाफको इन्जुरी समयको सातौँ मिनेटमा केरेमले गोल गरेसँगै टर्की ३–१ गोलले विजयी भयो ।

यो जितसँगै टर्कीले महत्वपूर्ण ३ अंक जोडेको छ ।

 

 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : ५० बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा