दसैंमा ‘छक्का पञ्जा’ र ‘निश्चिल’को टिमको प्रतिस्पर्धा ? | Khabarhub Khabarhub

दसैंमा ‘छक्का पञ्जा’ र ‘निश्चिल’को टिमको प्रतिस्पर्धा ?

पुष्पा मंसिरमा धकेलियो


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा वैशाख १ गते र दसैं लक्षित गरेर फिल्म प्रदर्शन गर्ने होड अझै छ। मेकरहरुमा ‘कमजोर कथा भएको फिल्मले पनि यी दिनमा राम्रो व्यापार गर्छ’भन्ने मान्यता अझैँ हावी छ।

हुन पनि अन्य समयभन्दा हलमा यी दिन दर्शकको चहलपहल बढी नै हुन्छ। यही अवसरलाई आफ्नो पक्षमा पार्न मेकरहरुको होडबाजी चलेको हो। विगत हेर्दा यी विशेष दिनमा प्रतिस्पर्धा भएकै छ। तर बाजी मार्ने भनेको सशक्त कथा भएको फिल्मले नै हो।

भारतीय फिल्म ‘पुष्पा’ पुनः छायांकनको गर्नु परेकाले साउनबाट प्रदर्शन मिति सरेपछि दसैं छेक हलमा लाग्ने आकलन थियो। यस्तो भएको अवस्थामा नेपाली फिल्मको व्यापारलाई प्रभावित पार्ने निश्चित थियो तर यो जोखिम टरेको छ। ‘पुष्पा-२’ मंसिर २१ मा धकेलिएको छ।

भारतीय फिल्म ‘पुष्पा’ साउनबाट प्रदर्शन मिति सरेपछि दसैं छेक हलमा लाग्ने आकलन थियो। तर ‘पुष्पा–२’ मंसिर २१ मा धकेलिएपछि त्यो जोखिम टरेको छ।

यो पटक दसैंको सुरुवात केदार घिमिरे (माग्ने बूढा)को श्रीमती सीतादेवी तिमल्सिनाको मुख्य भूमिका रहेने फिल्म ‘सानो संसार’ले गर्दैछ। असोज १७ गते घटस्थापनामा यो फिल्म प्रदर्शनमा आउने निर्माण पक्षले घोषणा गरेको छ।

दसैंमा भने दुई ठूला ब्यानरका फिल्म आउने भएका छन्। दीपक-दीपाको टिमले निर्माण गर्ने ‘छक्का पञ्जा-५’को प्रदर्शन मिति असोज २४ अर्थात् फूलपातीलाई तोकिएको छ। हिट फिल्मको श्रृखंला भएकाले पनि दीपकराज गिरी उच्च मनोवलका साथ छायांकनमा व्यस्त छन्।

त्यस्तै, निश्चल बस्नेतको निर्देशन र उनकी श्रीमती निर्माता एवं मुख्य कलाकार रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ पनि दसैंमा प्रदर्शनमा आउने भएको। यद्यपि पोस्टरमा यही दसैंमा प्रदर्शनमा आउने उल्लेख गरिए पनि एकिन मिति तोकिएको छैन।

‘बेहुली फ्रम मेघौली’ पोस्टरमा तोकिए अनुरुप नै प्रदर्शनमा आए दुई हलमा ब्रान्ड ‘निश्चल’ र ‘दीपक-दीपा’को प्रतिस्पर्धा हुने निश्चित छ। यी दुवै फिल्म एकै जनरा ‘कमेडी’मा आधिरित छन्।

‘बेहुली फ्रम मेघौली’ पोस्टरमा तोकिए अनुरुप नै प्रदर्शनमा आए दुई हलमा ब्रान्ड ‘निश्चल’ र ‘दीपक-दीपा’को प्रतिस्पर्धा हुने निश्चित छ। यी दुवै फिल्म एकै जनरा ‘कमेडी’मा आधिरित छन्।

दसंै आउन अझै तीन महिना बाँकी छ। यो अवधिमा अन्य फिल्मले पनि दसैं लक्षित गरी प्रदर्शन मिति नतोक्लान भन्न सक्ने अवस्था छैन। तर दुई ठूला ब्यानरका फिल्मसँग प्रतिस्पर्धा गर्न सहज नभएकैले यो सम्भावना कम देखिन्छ।

ठूला ब्रान्डमा दुई कमेडी फिल्म ‘छक्का पञ्जा-५’ र ‘बेहुली फ्रम मेघौली’ जुधेको खण्डमा दुवैलाई व्यापारिकरुपमा घाटा पर्ने निश्चित छ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ८ : २१ बजे

सुडानका युद्धरत पक्षहरू भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्दैछन् : संयुक्त राष्ट्रसङ्घ

जेनेभा – सुडानको क्रूर गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई युद्धको हतियारका

महाधिवेशनको दस्तावेज टुङ्गो लगाउन सचिवालय बैठक आह्वान

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशनमा छलफल गरिने दस्तावेजमा

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी

दिपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी घोषित

कैलाली – ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८०’ मा नेपाल क्रिकेट टोलीका

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा

महोत्तरी – महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ