एकल महिलालाई बाख्रा वितरण « Khabarhub

एकल महिलालाई बाख्रा वितरण


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको मोदी गाउँपालिकाले एकल महिलालाई उन्नत जातका बाख्रा वितरण गरेको छ । विपन्न, एकल, अपाङ्गता भएका, द्वन्द्वपीडित महिलालाई आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले ‘अध्यक्षसँग दिदीबहिनी कार्यक्रम’ अन्तर्गत ४८ जनालाई बाख्रा वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माका अनुसार उनीहरूलाई एक–एक वटाका दरले बाख्रा वितरण गरिएको हो । पालिकाले वितरण गरेका बाख्राबाट जन्मिएका पाठापाठी वडा कार्यालयले खरिद गर्ने छ ।

ती पाठापाठी अन्य विपन्नलाई वितरण गरिने छ । यो प्रक्रिया निरन्तर चलिरहने र यसले पालिकाभित्रका अतिविपन्न परिवारको आयआर्जनमा टेवा पुग्ने अपेक्षा पालिकाको छ ।

मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बाख्रापालनमा निर्वाहमुखीभन्दा व्यावसायिक बन्नुपर्ने बताइन् ।

आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले एकल महिला तथा विपन्न परिवारलाई बाख्रा वितरण गरिएको र बाख्रापालन व्यवसायलाई स्वरोजगारमुखी रूपमा अपनाउन पनि उनले सुझाव दिइन् ।

उपाध्यक्ष लामिछानेले व्यावसायिक रूपमा पशुपालन गर्ने किसानलाई पालिकाले विभिन्न अनुदानसमेत वितरण गर्दै आएका बताइन् ।

बाख्रा वितरणका लागि चालु आर्थिक वर्षमा पाँच लाख विनियोजन गरिएको थियो । कार्यक्रमको प्रभावकारिता र यसले महिलाहरूको जीवनस्तरमा सुधार भएमा आगामी वर्षदेखि रकम थप गरिने पालिकाले जनाएको छ ।

मोदी गाउँपालिकाका देउराली, भुकताङ्ले, क्याङ, राम्जादेउराली, चित्रेलगायत स्थानमा चरन क्षेत्र प्रशस्त रहेकाले व्यावसायिक रूपमा बाख्रापालन गर्न सहज छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ९ : ४६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया