राष्ट्रपति पौडेल स्वदेश फिर्ता (तस्बिरहरु) | Khabarhub Khabarhub

राष्ट्रपति पौडेल स्वदेश फिर्ता (तस्बिरहरु)


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर आज बिहान स्वदेश फर्किएका छन्‌ ।

राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थ सरकारी अधिकारीहरूले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका लागि गत जेठ २९ गते त्यसतर्फ प्रस्थान गरेका थिए । भ्रमण टोलीमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको सहभागिता थियो ।

स्वीट्जरल्याण्ड भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जेठ ३० गते त्यहाँका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गरेका थिए ।

यस्तै, जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना भएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोसल जस्टिस) को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गरेका थिए।

सोही दिन राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गरेका थिए ।

स्वीट्जरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका थिए । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गरेका थिए ।

 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ११ : ०६ बजे

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१