निधारमा गोली लागेर शौचालयमा ढलेका थिए प्रहरी जवान गोले | Khabarhub Khabarhub

निधारमा गोली लागेर शौचालयमा ढलेका थिए प्रहरी जवान गोले

शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगियो


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


43.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद् ‍भवन परिसरमा मृत भेटिएका प्रहरी जवानको शव निधारमा गोली हानेको अवस्थामा भेटिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद्को सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान अजित गोलेको शव बुधबार बिहान शौचालयमा फेला परेको थियो ।

उनले शौचालयमा पसेर आफ्नो राइफलबाट निधारमा गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

गोली पड्केको आवाज सुनेपछि त्यहाँ खटिएका अन्य सुरक्षाकर्मीले शौचालयमा हेर्दा आफैंलाई गोली हानी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दान कार्कीले घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् ।

उनका अनुसार अहिले प्रहरी जवान गोलेको शव पोस्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

 

 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १२ : ४५ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार