विद्या भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको प्रसंग रामहरिले संसद्‍मा उठाए « Khabarhub

विद्या भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको प्रसंग रामहरिले संसद्‍मा उठाए


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको प्रसंग संसद्‍मा उठाएका छन् ।

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पूर्वराष्ट्रपति भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेको कुरा उठाएका हुन् ।

‘पूर्वराष्ट्रपतिले एउटा पार्टीको सदस्यता नवीकरण गरेको कुरा आयो। सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन ?,’ खतिवडाले भने, ‘राज्यले त्यसबारे के सोचेको छ ? सरकारले त्यसको जवाफ देओस्।’

संविधानमा भएको व्यवस्थाबमोजिम सरकारले जवाफ दिनुपर्ने पनि खतिवडाले माग गरे।

सांसद खतिवडाले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा भइरहेको चर्चाबारे पनि संसद्मा उठाएका छन्।

‘अध्यक्ष नियुक्ति गर्न सत्तारुढ दलमा रस्साकस्सी चालेको छ । कानुनी प्रक्रिया नपुर्‍याइ नियुक्ति अगाडि बढाइयो भन्ने आएको छ। कानुन पालन गर्ने पद्धतिको विकास होस,’ उनले भने।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १ : ३२ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको