विद्या भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको प्रसंग रामहरिले संसद्‍मा उठाए « Khabarhub

विद्या भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको प्रसंग रामहरिले संसद्‍मा उठाए


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको प्रसंग संसद्‍मा उठाएका छन् ।

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पूर्वराष्ट्रपति भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेको कुरा उठाएका हुन् ।

‘पूर्वराष्ट्रपतिले एउटा पार्टीको सदस्यता नवीकरण गरेको कुरा आयो। सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन ?,’ खतिवडाले भने, ‘राज्यले त्यसबारे के सोचेको छ ? सरकारले त्यसको जवाफ देओस्।’

संविधानमा भएको व्यवस्थाबमोजिम सरकारले जवाफ दिनुपर्ने पनि खतिवडाले माग गरे।

सांसद खतिवडाले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा भइरहेको चर्चाबारे पनि संसद्मा उठाएका छन्।

‘अध्यक्ष नियुक्ति गर्न सत्तारुढ दलमा रस्साकस्सी चालेको छ । कानुनी प्रक्रिया नपुर्‍याइ नियुक्ति अगाडि बढाइयो भन्ने आएको छ। कानुन पालन गर्ने पद्धतिको विकास होस,’ उनले भने।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १ : ३२ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर