कवाड व्यवसायीमाथि प्रहरी दमनको विरोधमा उत्रिए सांसदहरू « Khabarhub

कवाड व्यवसायीमाथि प्रहरी दमनको विरोधमा उत्रिए सांसदहरू

अमरेशको प्रश्न : मधेसको भन्नेबित्तिकै लाठी बर्साइजाने ?


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसदहरुले कवाड व्यवसायीहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएका छन् । साथै उनीहरुले प्रहरी दमनबाट घाइते भएकाहरुको उचित उपचारको व्यवस्था गर्न पनि माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कवाड व्यवसायीहरुमाथि प्रहरीले निर्मम दमन गरेको र ५० भन्दा बढि घाइते भएको बताए ।

उनले प्रहरी दमनका बिषयमा गृहमन्त्री रवि लामिछानेको जवाफ माग गर्दै दमनमा संलग्नलाई कारवाही गर्नुपर्ने धारण राखे ।

शान्तिपूर्ण विरोध प्रदर्शन गर्न नेपाली जनताको संवैधानिक र लोकतान्त्रिक हकविपरीत भएको प्रहरी हस्तक्षेप लोकतन्त्रविपरीत रहेको उहाले बताए ।

नेपालका जनताका जीउधन र व्यवसायको ग्यारेन्टीको सवाल सिर्जना भएको उनले बताए ।

त्यस्तै सांसद डा. अमरेशकुमार सिंहले अदालतबाट आदेश जारी भए पनि कवाड व्यवसायलाई हटाउने कामको विरोध गदै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि भएको प्रहरी हस्तक्षेपप्रति आक्रोश पोखे ।

मधेशको मान्छे देख्नेबित्तिकै लाठीचार्ज गर्ने प्रशासनको नीति स्वीकार्य नभएको उनले बताए । घाइतेहरूको उपचार निशुल्क गर्न पनि उनले सरकारसँग माग गरेका छन् ।

यसअघि मंगलबार कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायीहरूमाथि प्रहरीले धरपकड गरेको थियो ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १ : ३९ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर