कवाड व्यवसायीमाथि प्रहरी दमनको विरोधमा उत्रिए सांसदहरू « Khabarhub

कवाड व्यवसायीमाथि प्रहरी दमनको विरोधमा उत्रिए सांसदहरू

अमरेशको प्रश्न : मधेसको भन्नेबित्तिकै लाठी बर्साइजाने ?


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसदहरुले कवाड व्यवसायीहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएका छन् । साथै उनीहरुले प्रहरी दमनबाट घाइते भएकाहरुको उचित उपचारको व्यवस्था गर्न पनि माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कवाड व्यवसायीहरुमाथि प्रहरीले निर्मम दमन गरेको र ५० भन्दा बढि घाइते भएको बताए ।

उनले प्रहरी दमनका बिषयमा गृहमन्त्री रवि लामिछानेको जवाफ माग गर्दै दमनमा संलग्नलाई कारवाही गर्नुपर्ने धारण राखे ।

शान्तिपूर्ण विरोध प्रदर्शन गर्न नेपाली जनताको संवैधानिक र लोकतान्त्रिक हकविपरीत भएको प्रहरी हस्तक्षेप लोकतन्त्रविपरीत रहेको उहाले बताए ।

नेपालका जनताका जीउधन र व्यवसायको ग्यारेन्टीको सवाल सिर्जना भएको उनले बताए ।

त्यस्तै सांसद डा. अमरेशकुमार सिंहले अदालतबाट आदेश जारी भए पनि कवाड व्यवसायलाई हटाउने कामको विरोध गदै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि भएको प्रहरी हस्तक्षेपप्रति आक्रोश पोखे ।

मधेशको मान्छे देख्नेबित्तिकै लाठीचार्ज गर्ने प्रशासनको नीति स्वीकार्य नभएको उनले बताए । घाइतेहरूको उपचार निशुल्क गर्न पनि उनले सरकारसँग माग गरेका छन् ।

यसअघि मंगलबार कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायीहरूमाथि प्रहरीले धरपकड गरेको थियो ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १ : ३९ बजे

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान

गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा बुधबार दिउँसो स्कारपियो दुर्घटना

फुटबल प्रतियोगितामा विजेतालाई अलैँची पुरस्कार

ताप्लेजुङ– फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची

ड्रोनबाट यस्ताे देखियाे सुदूरपश्चिम र लुम्बिनीबीचकाे खेल (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरमा एनपीएलको उमंग : मैदानमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी

अघिल्लो फाइनलभन्दा दुई रन बढी जोडेको सुदूरपश्चिम ८७ रनमा अल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स