कनिका छरे जसरी बजेट छर्ने प्रवृत्तिले विकास हुँदैन : पूर्व अर्थमन्त्री महत « Khabarhub

कनिका छरे जसरी बजेट छर्ने प्रवृत्तिले विकास हुँदैन : पूर्व अर्थमन्त्री महत


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले खुद्रे योजनामा बजेट विनियोजन गरेर देश विकास नहुने बताएका छन् । 

बागमती प्रदेश संसदीय दलले आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशसभामा पेस भएको बजेट र प्रदेश सरकारले वितरण गरेको विनियोजन विधेयकसम्बन्धी छलफलमा उनले खुद्रे योजनामा बजेट विनियोजन गरेर देश विकास नहुने बताए। 

प्रवक्ता महतले आफू अर्थमन्त्री हुँदा बजेटलाई कनिका छरे जसरी छर्ने प्रचलनलाई रोक्न संघीय सरकारबाट तीन करोडभन्दा माथि र प्रदेश सरकारबाट एक करोडभन्दा माथिको मात्रै योजना बनाउने कार्यविधि तयार पारे पनि गठबन्धन फेरबदल भएपछि सरकारले उक्त कार्यविधि लत्याएको बताए । 

कनिका छरे जसरी बजेट छर्ने प्रवृत्तिलाई निरन्तरता दिएर सरकारले कार्यकर्तामुखी बजेट ल्याएको उनको आरोप छ । महतले बागमती प्रदेशले पनि संघीय सरकारकै सिको गरेर कार्यकर्तामुखी बजेट ल्याएको भन्दै त्यसको प्रतिवाद गर्न पनि प्रदेश सांसदहरूलाई निर्देशन दिए ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १ : ५१ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको