प्रहरी जवान करिश्मा मृत्यु प्रकरण : पक्राउ परे प्रेमी, मोबाइलमा भेटिए विवादित म्यासेज « Khabarhub

प्रहरी जवान करिश्मा मृत्यु प्रकरण : पक्राउ परे प्रेमी, मोबाइलमा भेटिए विवादित म्यासेज


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


43.5k
Shares
  • change font
  • change font
  • change font

सिरहा- जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत प्रहरी जवान २५ वर्षीया करिश्मा सुनारको मृत्यु प्रकरणमा उनका प्रेमी पक्राउ परेका छन् ।

गत जेठ ३१ गते जिप्रका सिरहाको महिला सेलमा कार्यरत जवान सुनार शौलाचयमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।

यो प्रकरणमा बाँकेको वैद्यनाथ गाउँपालिका-२ का २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध सुनारलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा आत्महत्या दुरुत्साहन मुद्दामा म्याद थप गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर उदयभान द्विवेदीका अनुसार थापा मगरलाई मंगलबार पक्राउ गरेर बुधबार अदालतमा म्याद लिइएको छ ।

इन्सपेक्टर द्विवेदीका प्रहरी जवान सुनारको मोबाइल फोनमा थापा मगरले पठाएका कयौँ विवादित म्यासेजहरू भेटिएका छन् । उनका अनुसार थापा मगरले मानसिक तनाव दिने गरी म्यासेजहरू पठाएको भेटिएको हो ।

करिश्मा जिल्ला प्रहरी कार्यालयभित्रको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तल्लाको बाथरुममा गत जेठ ३१ गते मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

द्विवेदीले मगरमाथि आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा चलाउन म्याद लिइसकेको बताए । सुनार पनि बाँकेको खजुरा गाउँपालिका-४ निवासी हुन् । उनी अविवाहित थिइन्, उनका प्रेमी पुष्कर पनि बाँकेकै हुन् ।

पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ४ : ०६ बजे

प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ, श्रीमतीसँग १९० तोला गहना

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।