नाउपा निकट पत्रकारको संगठन गठन, अध्यक्षमा दानी  « Khabarhub

नाउपा निकट पत्रकारको संगठन गठन, अध्यक्षमा दानी 


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी निकट पत्रकारहरूको संगठन गठन भएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा अश्विन दानीको नेतृत्वमा ‘नागरिक पत्रकार समाज’ नामक ३१ सदस्यीय तदर्थ कमिटी गठन भएको हो । 

कमिटीले तत्काल अर्को बैठकमा प्रथम महाधिवेशन तथा विद्यान अधिवेशनको मिति तोक्ने र संगठनको बिस्तार गर्ने संयोजक दानीले बताए । 

पार्टी अध्यक्ष चौधरीले सबैलाई बधाई तथा शुभकामना प्रदान गर्दै पेशागत धर्म निभाउँदै पार्टीको निती, विधान र सिद्धान्त अनुसार काम गर्न निर्देशन दिएकी थिइन् । 

उक्त कार्यक्रममा नाउपाका उपाध्यक्ष शिव कुमार बास्तोला, राजेश अधिकारी, केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी, पार्टी केन्द्रिय सदस्य जीवन यादव, केन्द्रिय सदस्य तीर्थ बोहोरा, बागमती प्रदेश कमिटी संयोजक डिवि तामाङ,  लगायत पार्टीका प्रदेश कमिटीका नेताहरूको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ४ : १९ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको