मटिहानी नगरपालिकाको बजेट ४० करोड  « Khabarhub

मटिहानी नगरपालिकाको बजेट ४० करोड 


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीको मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२का लागि ४० करोड २७ लाख ६२ हजारको बजेट ल्याएको छ ।

महिटहानी नगरपालिकाको १३औँ नगरसभामानगरप्रमुख हरिप्रसाद मण्डलले आर्थिक वर्ष २०८१-०८२का लागि ४० करोड बढीको बजेट प्रस्तुत गरेका छन् ।

सो बजेटको रकम राजस्व बाँडफाँडमा संघ सरकारबाट प्राप्त ८ करोड ७१ लाख, प्रदेश सरकारबाट प्राप्त ३५ लाख, समानीकरण अनुदान १० करोड ४१ लाख, ससर्त अनुदान चालु तर्फ १४ करोड ९८ लाख, सशर्त अनुदान पुजिगततर्फ ६६ लाख, समपूरक अनुदान ५० लाख, प्रदेश सरकारबाट प्राप्तहुने वित्तीय समानीकरण, विशेष अनुदान र समपूरक अनुदान पुँजीगततर्फमा १ करोड २६ लाख,  आन्तरिक स्रोतहरू भूमिकर-मालपोत, घरबहाल कर, बहाल बिटौरी कर, सवारीसाधन करसहितका विभिन्न शीर्षकबाट प्राप्त हुने तथा गत आर्थिक वर्षको मौज्दातबाट पूर्ति गरिने छ । 

मटिहानी नगरपालिकाले ल्याएको नीति, कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै मटिहानीको धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलको विकासको क्षेत्रमा समेत उल्लेख्य कदम उठाइने नगरप्रमुख मण्डलले बताए ।

नगरप्रमुख मण्डलको अध्यक्षतामा भएको नगरसभाको उद्घाटन सत्रमा मधेसका मुख्यमन्त्री सतिश सिंह, मटिहानी नगरपालिकाको उपप्रमुख मंजुदेवी साह, महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ५ : २३ बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल