मटिहानी नगरपालिकाको बजेट ४० करोड  « Khabarhub

मटिहानी नगरपालिकाको बजेट ४० करोड 


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीको मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२का लागि ४० करोड २७ लाख ६२ हजारको बजेट ल्याएको छ ।

महिटहानी नगरपालिकाको १३औँ नगरसभामानगरप्रमुख हरिप्रसाद मण्डलले आर्थिक वर्ष २०८१-०८२का लागि ४० करोड बढीको बजेट प्रस्तुत गरेका छन् ।

सो बजेटको रकम राजस्व बाँडफाँडमा संघ सरकारबाट प्राप्त ८ करोड ७१ लाख, प्रदेश सरकारबाट प्राप्त ३५ लाख, समानीकरण अनुदान १० करोड ४१ लाख, ससर्त अनुदान चालु तर्फ १४ करोड ९८ लाख, सशर्त अनुदान पुजिगततर्फ ६६ लाख, समपूरक अनुदान ५० लाख, प्रदेश सरकारबाट प्राप्तहुने वित्तीय समानीकरण, विशेष अनुदान र समपूरक अनुदान पुँजीगततर्फमा १ करोड २६ लाख,  आन्तरिक स्रोतहरू भूमिकर-मालपोत, घरबहाल कर, बहाल बिटौरी कर, सवारीसाधन करसहितका विभिन्न शीर्षकबाट प्राप्त हुने तथा गत आर्थिक वर्षको मौज्दातबाट पूर्ति गरिने छ । 

मटिहानी नगरपालिकाले ल्याएको नीति, कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै मटिहानीको धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलको विकासको क्षेत्रमा समेत उल्लेख्य कदम उठाइने नगरप्रमुख मण्डलले बताए ।

नगरप्रमुख मण्डलको अध्यक्षतामा भएको नगरसभाको उद्घाटन सत्रमा मधेसका मुख्यमन्त्री सतिश सिंह, मटिहानी नगरपालिकाको उपप्रमुख मंजुदेवी साह, महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ५ : २३ बजे

मापदण्ड विपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

गण्डकी– सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा समस्या

पशुपन्क्षीमा जथाभाबी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह

नेपालगञ्ज– पशुपन्क्षीमा जथाभाबी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न आग्रह गरिएको छ ।

पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीतर्फ किसानको बढ्दो आकर्षण

पाल्हीनन्दन– पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीप्रति किसानको आकर्षण पछिल्ला वर्षहरूमा

रानी मुखर्जीको ‘मर्दानी ३’ रिलिज मिति सार्वजनिक 

काठमाडौं– बलिउडको चर्चित महिला–केन्द्रित प्रहरी फ्रेन्चाइज ‘मर्दानी’ फेरि एकपटक दर्शकमाझ