विकास निर्माणमा राजनीति दलहरूबीच विवाद छैन : उपसभापति खड्का « Khabarhub

विकास निर्माणमा राजनीति दलहरूबीच विवाद छैन : उपसभापति खड्का


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सबै राजनीति दलहरूको लक्ष्य जनताको सेवा भएकाले विकास निर्माणमा राजनीति दलहरूबीच विवाद नरहेको बताएका छन् । 

उनले सबै राजनीति दलहरू मिलेर आएको बजेट सदुपयोग गर्नुपर्ने बताए ।

चिंगाड गाउँपालिका र लेकबेसी नगरपालिका जोड्ने ट्रेस पुलको बुधवार उद्घाटन गर्दै उनले भने, ‘राजनीतिक कारण र दर्शनले पार्टी फरक भए पनि विकासका लागि सबैको पार्टी एउटै हो ।’ 

विकास निर्माणमा यो खालको ध्यान सबै जनप्रतिनिधिहरूको हुन आवश्यक रहेको उनको भनाई छ । उपसभापति खड्काले सबै राजनीति दलको लक्ष्य जनताको सेवा, समृद्धि, समुन्नति, उन्नति र प्रगति भएको बताए ।

त्यसमा कुनै राजनीति दलको विवाद छैन । जनताको सुख दुखमा, समृद्धिमा, समुन्नति, उन्नति प्रगतिमा राजनीतिक दलहरूबीच कुनै विवाद छैन, उनले भने, ‘सबै एकताबद्ध भएर आएको बजेट सदुपयोग गर्न, गुणस्तरीय काम गर्नतर्फ लाग्नुपर्छ’  

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ५ : ३१ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन