पहिरो प्रभावित पपुवा न्युगिनीलाई भारतको सहयोग « Khabarhub

पहिरो प्रभावित पपुवा न्युगिनीलाई भारतको सहयोग


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले पहिरोबाट प्रभावित पपुवा न्युगिनीमा राहत सामग्री पठाएको छ । भारतले १९ टन बराबरको राहत सामग्री त्यसतर्फ पठाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

पपुवा न्युगिनीको एङ्गा प्रान्तमा हालै गएको पहिरोमा परी २ हजार जनाको मृत्यु भएको थियो भने कैयौँ बेपत्ता भएका थिए । पहिरो गएसँगै भारतले १० लाख अमेरिकी डलर बराबरको सहायता प्याकेज घोषणा गरेको थियो ।

 

भारतले पपुवा न्युगिनीतर्फ पठाएको राहत सामग्रीमा खानेकुरा, अस्थायी आवासका सामग्री एवम् औषधि रहेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै राहत सामग्री पठाएको जानकारी दिएका हुन् ।

भारतले विभिन्न समयमा पपुवा न्युगिनीलाई राहत सामग्री सहयोग गर्दै आएको छ । सन् २०१८ मा त्यहाँ गएको भूकम्प तथा सन् २०१९ र २०२३ मा भएको ज्वालामुखी विस्फोटका बेला पनि भारतले पपुवा न्युगिनीलाई राहत सामग्री प्रदान गरेको थियो ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : ०० बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १