पहिरो प्रभावित पपुवा न्युगिनीलाई भारतको सहयोग « Khabarhub

पहिरो प्रभावित पपुवा न्युगिनीलाई भारतको सहयोग


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले पहिरोबाट प्रभावित पपुवा न्युगिनीमा राहत सामग्री पठाएको छ । भारतले १९ टन बराबरको राहत सामग्री त्यसतर्फ पठाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

पपुवा न्युगिनीको एङ्गा प्रान्तमा हालै गएको पहिरोमा परी २ हजार जनाको मृत्यु भएको थियो भने कैयौँ बेपत्ता भएका थिए । पहिरो गएसँगै भारतले १० लाख अमेरिकी डलर बराबरको सहायता प्याकेज घोषणा गरेको थियो ।

 

भारतले पपुवा न्युगिनीतर्फ पठाएको राहत सामग्रीमा खानेकुरा, अस्थायी आवासका सामग्री एवम् औषधि रहेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै राहत सामग्री पठाएको जानकारी दिएका हुन् ।

भारतले विभिन्न समयमा पपुवा न्युगिनीलाई राहत सामग्री सहयोग गर्दै आएको छ । सन् २०१८ मा त्यहाँ गएको भूकम्प तथा सन् २०१९ र २०२३ मा भएको ज्वालामुखी विस्फोटका बेला पनि भारतले पपुवा न्युगिनीलाई राहत सामग्री प्रदान गरेको थियो ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : ०० बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको