महात्मा गान्धीको शालिकमा भएको तोडफोडप्रति भारत चिन्तित « Khabarhub

महात्मा गान्धीको शालिकमा भएको तोडफोडप्रति भारत चिन्तित


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालीमा महात्मा गान्धीको शालिकमा तोडफोड भएकोप्रति भारतले चिन्ता व्यक्त गरेको छ । शालिक अनावरण गरिएको केही घण्टालगत्तै खलिस्तानी अतिवादीले शालिकमा तोडफोड गरेका थिए ।

अतिवादीले गान्धीको शाालिकमा खलिस्तानी अतिवादी हरदीप सिंह निज्जरको समर्थनमा नारा पोतेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटनाका विषयमा इटालीका अधिकारीहरुलाई सूचित गरेको भारतीय विदेश मन्त्रालयका सचिव विनय क्वात्राले जनाएका छन् ।

सामाजिक सञ्जाल एक्समा सन्देश जारी गर्दै सचिव क्वात्राले तोडफोड भएको संरचना सुधार गर्ने काम भइसकेको जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इटाली भ्रमणका बेला भएको घटनामा खलिस्तानी पृथकतावादीहरूको संलग्नता रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

त्यसअघि मोदीको अस्ट्रेलिया भ्रमणका बेला खलिस्तानी अतिवादीले सिड्नीमा रहेको बाप्स श्री स्वामिनारायण मन्दिरमा तोडफोड गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : १३ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६