अनुहारलाई चम्किलो बनाउने ५ उपाय  « Khabarhub

अनुहारलाई चम्किलो बनाउने ५ उपाय 


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राम्रो हुन कसलाई मन लाग्दैन र ? आफू सुन्दर देखिन सबैले प्रयास गर्दछन् । मानिसको पहिलो परिचय नै उसको अनुहार हो । अनुहार राम्रो भएको व्यक्ति सबैको नजरमा पर्छ । यदी अनुहारमा कुनै दाग वा खत भए पनि उ सबैको नोटिसमा पर्छ ।

आज हामी अनुहार सुन्दर देखाउने केही घरेलु उपायबारे चर्चा गर्नेछौ :

१ अनुहारमा निखारता ल्याउन कागतीको रस गुणकारी मानिन्छ । कागतीको रसले अनुहारको फोहोर बाहिर ल्याउँछ र छालालाई कोमल बनाउँछ । यसका लागी नियमित रुपमा कागतीको रस अनुहारमा लगाएर दश मिनेट राख्ने र चिसो पानीले पखाल्ने गर्नुपर्छ ।

२ बेसारको धुलो, बेसन र कागतीको रस मिसाएर लेप बनाई अनुहारमा लगाइ १० मिनेट राखेर पानीले पखाल्ने गरेमा यसले पनि अनुहारमा चमक ल्याउँछ । यो विधि सातामा चार पटकसम्म दोहोर्‍याएमा अनुहारको दाग हराउने र छालालाई मुलायम बनाउँछ ।

३ अनुहारको छाला सुख्खा र खस्रो छ भने दूध र मह मिसाएर लगाउने गरेमा सुख्खापन हराउँदै जान्छ । यसका लागी एक चम्चा दूधमा एक चम्चा मह मिसाएर अनुहारमा लगाउने र हल्का मालिस गर्ने र १५ मिनेटपछि सफा गरेमा अनुहारको सुख्खापन हराउँदै जान्छ ।

४ मेवा पिसेर त्यसको पेस्ट बनाइ अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा अनुहारमा निखरता ल्याउन सक्छ ।

५  टमाटर र कागतीको रस मिसाएर अनुहारमा लगाउँदा अनुहार सफा हुँदै जान्छ । घाममा धेरै हिँड्नेहरूका लागि यो उपाय निकै फाइदाजनक हुन्छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : २३ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र