इलाम-१ मा पुन निर्वाचन गर्न झलनाथले दायर गरेको रिट खारेज | Khabarhub Khabarhub

इलाम-१ मा पुन निर्वाचन गर्न झलनाथले दायर गरेको रिट खारेज


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्वोच्चमा दायर गरेको मुद्दा खारेज भएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खनालको रिट खारेज हुने फैसला सुनाएको हो ।

रिट खारेज भएसँगै महेश बस्नेतले वैधानिकता पाएका छन् । २०७९ मङ्सिरमा भएको निर्वाचनको परिणामलाई लिएर सर्वोच्चमा दायर भएको मुद्दा करिब १८ महिनापछि पेशी चढेको थियो ।

एकीकृत समाजवादीका नेता खनाल इलाम– १ प्रतिनिधिसभाको चुनावमा पराजित भएका थिए ।  उनी एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । बस्नेतले २५ हजार ७५३ मत प्राप्त गरेका थिए भने खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए ।

पराजित भएपछि खनालले निर्वाचन बदर गरी पुनः मतदानको माग गर्दै २०७९ मंसिर २७ गते रिट दायर गरेका थिए । उक्त रिटमा २०७९ पुस ६ गते कारण देखाऊ आदेश जारी भएको थियो । 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : ४३ बजे

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार