‘विमल गुरुङ कविता महोत्सव’मा कविता पठाउन आह्वान « Khabarhub

‘विमल गुरुङ कविता महोत्सव’मा कविता पठाउन आह्वान


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालय सञ्‍चालक समिति बैठकले ‘कवि विमल गुरुङ कृति पुरस्कार’का लागि कृति र कविता प्रतियोगिताका लागि कविता पठाउन आह्वान गरेको छ ।

नेपाली साहित्यको उन्नयन निम्ति स्वदेश र विदेशमा रहेका साहित्यसाधक, लेखक, कवि, साहित्यकारहरूलाई सम्मान गर्न ‘कवि विमल गुरुङ कृति पुरस्कार’का लागि कृति आह्वान गरेको हो ।

कवि विमल कृति पुरस्कारसंगै पुस्तकालय संचालन समितिको बैठकले आगामी कात्तिक २४ गते हुने कवि विमल गुरुङको ५३ औं जन्मजयन्तीको अवसरमा आयोजना हुने ३३ औं राष्ट्रिय कविता महोत्सवका लागि कविता पनि आह्वान गरेको संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।

उनले भने, ‘कवि विमल गुरुङ कृति पुरस्कारका लागि कृति दर्ता हुनका लागि तोकिएको समयमा पुस्तकालयमा आइपुग्नु पर्नेछ भने राष्ट्रिय कविता महोत्वसमा सहभागिता जनाउन [email protected] मा कविता मेल गर्नुपर्नेछ ।’

कवि विमल गुरुङ कृति पुरस्कारको राशी नगद २ लाख रुपैयाँसहित ताम्रपत्र रहेको छ । अध्यक्ष गुरुङले पत्रकारसमेत रहेका आफ्नो एक्लो कवि साहित्यकार छोराको १९ वर्षको उमेरमा ०४८ बैशाख २४ गते धादिङको जुकेपानीमा देहावसान भएपछि धरानमा विमल स्मृति पुस्तकालय स्थापना गरेर नेपाली साहित्यको सेवामा लागेको बताए ।

८१ वर्ष नाघेका पूर्व ब्रिटिश गोर्खा लाहुरे पूर्णबहादुर गुरुङले भने, ‘म त साहित्यकार, लेखक, कवि होइन । राइफले मात्र हो । तर नेपाली साहित्यकारहरूको संगतले नेपाली साहित्यको बारेमा अलिअलि भएपनि थाहा छ । त्यसैले विमल कृति पुरस्कारका लागि धेरै भन्दा धेरै लेखकहरूले पुस्तक पठाउन र कविता महोत्सवमा धेरै भन्दा धेरैले कविता पठाउन अनुरोध गर्छु ।’

पुस्तकालय संचालन समितिका उपाध्यक्ष प्रदीप मेन्याङ्बोले कृति पुरस्कारका लागि सहभागी हुन इच्छुक कवि, लेखक/साहित्यकारहरूले वि.सं. २०८० तदनुसार सन २०२३ अप्रिल १४ देखि २०२४ अप्रिल १२ भित्रको समय सीमाभित्र नेपाली भाषामा प्रकाशित गरेको जुनसुकै विद्याको आफ्नो कृति ४/४ प्रति निम्न ठेगानामा मिति २०८१ असोज १५ (२०२४ अक्टुबर १) सम्ममा पुस्तकालयमा दर्ता हुनेगरी पठाउनुपर्ने बताए ।

उनका अनुसार विमल कृति पुरस्कारका लागि हालसम्म नेपाली नागरिक नै हुनुपर्छ भन्ने सीमा तोकिएको छैन । जुनसुकै मुलुकका नागरिक भएपनि नेपाली भाषामा लेखिएको कुनै पनि विद्यामा अब्बल कृति भने हुनुपर्नेछ । ती मध्ये एक श्रेष्ठ कृतिले विमल कृति पुरस्कार प्राप्त गर्नेछ ।

यसअघि विमल कृति पुरस्कार नरेश काङ्माङको युद्ध कविता संग्रह ‘तेप्लायु’, चन्द्र गुरुङको कविता संग्रह ‘जब एउटा मान्छे हराउँछ’ र भारतको मिरिक बस्ने विजय वान्तवाको आख्यान ‘मित्याङ्सा’ ले प्राप्त गरिसकेको छ ।

यसैगरी कविता महोत्सवमा श्रेष्ठ कवितामध्ये प्रथमले नगद २१ हजार, द्वितीयले १८ हजार र तृत्तीयले १७ हजार रुपैयाँसहित प्रमाणपत्र पाउनेछन् ।

सञ्‍चालक समितिका अनुसार विमल कृति पुरस्कार र विजेता कविहरूलाई आगामी कात्तिक २४ गते शनिबार हुने कवि विमल गुरुङको ५३ औं जन्मजयन्तीको अवसरमा आयोजना हुने ३३ औं राष्ट्रिय कविता महोत्सवमा पुरस्कार प्रदान गरिनेछ ।

पुस्तकालयद्वारा जारी प्रेस विज्ञप्तिः

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ७ : ४६ बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न