कटहरियामा ५२ करोड बढीको बजेट प्रस्तुत, कृषि क्षेत्रलाई विशेष प्राथमिकता « Khabarhub

कटहरियामा ५२ करोड बढीको बजेट प्रस्तुत, कृषि क्षेत्रलाई विशेष प्राथमिकता


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको कटहरिया नगरपालिकाको १० औं नगरसभाको उदघाटनसत्र सम्पन्न भएको छ ।

 बुधबार नगरपालिकाको प्राङ्गणमा आयोजित एक भव्य समारोहका बिच नगरसभा सम्पन्न भएको हो । जिल्लाको १८ स्थानीय तहमध्ये यो आर्थिक वर्षमा सबैभन्दा पहिले कटहरिया नगरपालिकाले नगरसभाको आयोजना गरेको हो ।

कार्यक्रमका अध्यक्ष मेयर अजय प्रकाश जैसवाल र प्रमुख प्रशासकिया अधिकृत उपसचिव सुरेन्द्र प्रधानले संयुक्त रूपमा आठौँ बजेटसभा आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि कुल ५२ करोड, ३१ लाख, ७२ हजार ३८४ रुपैयाँ ४० पैसाको बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेटमा कृषिलाई विशेष प्राथमिकतामा राखिएको छ ।

कृषि व्यवसायी तथा किसानलाई प्रोत्साहन स्वरुप कृषि विद्युत मिटर जडान गरि कृषि कार्यमा उठेको विद्युत महसुल नगरपालिकाले सतप्रतिशत अनुदान दिइने भनिएको छ ।

यसैगरी कृषिमा आधुनिक व्यवसाय गर्ने फर्मलाई प्रोत्साहन स्वरुप अनुदान दिने, कृषिको बहुउद्देश्यीय भवन बनाइने ,कृषि सामाग्री उपलब्ध गराई बीउ बिजन भण्डारण तथा बिक्री वितरणको ब्यवस्था गरिने छ ।

 पशुपन्छी ,मत्स्य, पालन भूमि ब्यवस्था तथा सहकारी ,पर्यटन तथा संस्कृतिमा स्थानीय पर्यट वाणिज्य तथा वित्तिय र समाजिक विकास तर्फ जोर दिइएको छ । 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ८ : ०७ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ