रामाफोसा बने दक्षिण अफ्रिकाको नयाँ राष्ट्रपति « Khabarhub

रामाफोसा बने दक्षिण अफ्रिकाको नयाँ राष्ट्रपति


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

जोहानेसबर्ग – दक्षिण अफ्रिकाको सत्तारूढ अफ्रिकी राष्ट्रिय कांग्रेस (एएनसी) का नेता सिरिल रामाफोसाले बुधबार प्रशासनिक राजधानी प्रिटोरियामा आयोजित समारोहमा आगामी पाँच वर्षका लागि मुलुकको राष्ट्रपति पदको सपथ लिएका छन् ।

‘गणतन्त्रको राष्ट्रपतिको हैसियतमा स्वतन्त्रताको नयाँ दशकमा प्रवेश गर्दा हाम्रो मुलुकले सामना गरिरहेका चुनौतीको समाधान खोज्न योगदान गर्न इच्छुक हरेक राजनीतिक दल र क्षेत्रसँग पुग्न र काम गर्न म सबैसँग काम गर्नेछु’, रामाफोसाले सपथ ग्रहण समारोहमा आफ्नो सम्बोधनमा भने।

जुन १४ मा संसद्को तल्लो सदन नेसनल एसेम्बलीमा दुई सय ८३ मत प्राप्त गरेर ७१ वर्षीय रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिका रूपमा पुनः निर्वाचित भए । उनका प्रतिद्वन्द्वी इकोनमिक फ्रिडम फाइटरका जुलियस मालेमालाई ४४ मत प्राप्त भयो ।

दक्षिण अफ्रिकाको संविधानबमोजिम नेसनल एसेम्बलीबाट चयन भएको पाँच दिनभित्र निर्वाचित राष्ट्रपतिले पदभार ग्रहण गर्नुपर्छ ।

मे २९ मा भएको आम निर्वाचनमा एएनसीले नेसनल एसेम्बलीको चार सय सिटमा एक सय ५९ सिट हासिल गर्यो । यो सङ्ख्या संसद्को तल्लो सदनमा आफ्नो ३० वर्ष पुरानो स्पष्ट बहुमत कायम राख्नका लागि आवश्यक ५० प्रतिशतभन्दा कम थियो ।

एएनसी, डेमोक्रेटिक अलायन्स, इन्कथा फ्रिडम पार्टी, गुड एन्ड पेट्रिओटिक अलायन्ससहित कूल पाँच राजनीतिक दलले आधिारिकरूपमा राष्ट्रिय एकताको सरकारमा सहभागी हुने उद्देश्यले एक विज्ञप्तिमा हस्ताक्षर गरेको एएनसीले सोमबार घोषणा गरेको थियो ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ८ : २० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया