बढ्दो सैन्य खर्चका कारण पाकिस्तान आर्थिक समस्यामा | Khabarhub Khabarhub

बढ्दो सैन्य खर्चका कारण पाकिस्तान आर्थिक समस्यामा


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बढ्दो सैन्य खर्चका कारण पाकिस्तानमा आर्थिक संकट उत्पन्न भएको पाइएको छ । पाकिस्तानी सेनाले पछिल्लो समय गैरजिम्मेवार हिसाबले गर्दै आएको रक्षा उपकरणको खरिद एवम् सैन्य अधिकारीहरुको विदेश भ्रमणका कारण पाकिस्तानको आर्थिक अवस्था दयनीय बन्न पुगेको अल अरबिया पोस्टले उल्लेख गरेको छ ।

पछिल्लो समय पाकिस्तानको सार्वजनिक ऋण ६७० खर्ब पाकिस्तानी रुपैयाँ बराबर पुगेको छ । पाकिस्तानी सेनाले टर्की, चीनजस्ता मुलुकबाट उच्च मूल्यमा रक्षा सामग्रीको खरिद गर्दै आएको छ ।

त्यसबाहेक सैन्य अधिकारीको विदेश भ्रमणका कारण पनि ठूलो परिमाणमा राष्ट्रिय ढुकुटी रित्तिरहेको देखिन्छ । गत वर्ष पाकिस्तानी सेनाले ८ अर्ब ५२ करोड अमेरिकी डलर खर्च गरेको थियो भने यस वर्ष त्योभन्दा धेरै खर्च गर्ने अनुमान गरिएको छ ।

स्विडेनस्थित स्टकहोल्म इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार सन् २०११ मा पाकिस्तानको सैन्य खर्च कुल ग्राहस्थ उत्पादनको ३ दशमलब ३ प्रतिशत रहेकोमा सन् २०२० मा यो बढेर ४ प्रतिशत पुगेको थियो । विश्वमा औसत रक्षा खर्च कुल ग्राहस्थ उत्पादनको २ दशमलब ४ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ८ : ३३ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा