भरतपुर भ्रमण वर्षमा यात्रुलाई भाडा छुट « Khabarhub

भरतपुर भ्रमण वर्षमा यात्रुलाई भाडा छुट


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर भ्रमण वर्षलाई सहयोग गर्ने उद्देश्यले यहाँका तीन यातायात व्यवसायीले पूर्वी चितवनबाट भरतपुर आउनेलाई भाडामा छुट गरेका छन् ।

चितवन छाहारी यातायात सेवा प्रालि, त्रिनेत्र यातायात सेवा प्रालि र सार्वजनिक ओमशान्ति यातायात सेवा प्रालिले भरतपुर प्रवेश गरेसँगै रिङरोड क्षेत्रका लागि भाडामा छुट गरेका हुन् ।

आज आयोजित पत्रकार सम्मेलनमा चितवन छहारी यातायात सेवा प्रालिका अध्यक्ष बद्रीप्रसाद पौडेलले महानगरभित्र प्रवेशसँगै भाडामा छुट दिइने बताए। गोन्द्रङदेखि छ लेन सडक हुँदै पुलचोक, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस ट्रमिनलसम्मलाई पहिलो चरणमा भाडा छुट गरिएको उनले बताए ।

उनले भने, “ज्येष्ठ नागरिकका लागि निःशुल्क सेवा र अन्यका लागि ४० प्रतिशत भाडा छुट दिइनेछ । यो सुविधा बिहीबारदेखि लागू हुनेछ ।”

ज्येष्ठ नागरिकका लागि नागरिकता वा सामाजिक सुरक्षाप्राप्त गरेको परिचयपत्र अनिवार्य हुनुपर्ने छ । सार्वजनिक सवारीसाधनमा भाडा छुट तथा समायोजनले गर्दा भ्रमण वर्षलाई सफल बनाउन पहिलो चरणमा पूर्वबाट आएका सवारीसाधनमा यो सेवा लागू गरिएको पौडेलले बताए ।

तीन वटा समितिमार्फत अहिले पूर्वी क्षेत्रमा दुई सय वटा सार्वजनिक सवारीसाधन सञ्चालनमा रहेका छन् । ती सवारीसाधनलाई पूर्वबाट चारचार मिनेट र नारायणगढबाट पनि चारचार मिनेटको फरकमा छुटाउने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षलाई सफल बनाउनका लागि सबै सरोकार भएका निकायको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले भने, “भरतपुर भ्रमण वर्षलाई सफल बनाउने जिम्मेवारी महानगरपालिकाको मात्रै होइन सबै सरोकारवाला निकायको उत्तिकै भूमिका रहन्छ ।”

होटल व्यवसायी, सञ्चारकर्मी, यातायात व्यवसायीसहित अन्य स्थानीयको सहयोगले महत्व राख्ने उहाँको भनाइ थियो । महानगरको सानो प्रयासमा पहिलो चरणमा पूर्वबाट आउने सवारीसाधनमा छुट दिने व्यवस्था भएको भन्दै व्यवसायीलाई धन्यवाद दिए ।

उनले भने, “अब महानगरभित्रका हरेक पर्यटकीय गन्तव्यस्थलमा जाने, महानगरभित्र चल्ने सबै सवारीसाधनका समितिसँग यस विषयमा छलफल गरेर अघि बढ्छौँ ।”

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १० : ३९ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि