भरतपुर भ्रमण वर्षमा यात्रुलाई भाडा छुट « Khabarhub

भरतपुर भ्रमण वर्षमा यात्रुलाई भाडा छुट


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर भ्रमण वर्षलाई सहयोग गर्ने उद्देश्यले यहाँका तीन यातायात व्यवसायीले पूर्वी चितवनबाट भरतपुर आउनेलाई भाडामा छुट गरेका छन् ।

चितवन छाहारी यातायात सेवा प्रालि, त्रिनेत्र यातायात सेवा प्रालि र सार्वजनिक ओमशान्ति यातायात सेवा प्रालिले भरतपुर प्रवेश गरेसँगै रिङरोड क्षेत्रका लागि भाडामा छुट गरेका हुन् ।

आज आयोजित पत्रकार सम्मेलनमा चितवन छहारी यातायात सेवा प्रालिका अध्यक्ष बद्रीप्रसाद पौडेलले महानगरभित्र प्रवेशसँगै भाडामा छुट दिइने बताए। गोन्द्रङदेखि छ लेन सडक हुँदै पुलचोक, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस ट्रमिनलसम्मलाई पहिलो चरणमा भाडा छुट गरिएको उनले बताए ।

उनले भने, “ज्येष्ठ नागरिकका लागि निःशुल्क सेवा र अन्यका लागि ४० प्रतिशत भाडा छुट दिइनेछ । यो सुविधा बिहीबारदेखि लागू हुनेछ ।”

ज्येष्ठ नागरिकका लागि नागरिकता वा सामाजिक सुरक्षाप्राप्त गरेको परिचयपत्र अनिवार्य हुनुपर्ने छ । सार्वजनिक सवारीसाधनमा भाडा छुट तथा समायोजनले गर्दा भ्रमण वर्षलाई सफल बनाउन पहिलो चरणमा पूर्वबाट आएका सवारीसाधनमा यो सेवा लागू गरिएको पौडेलले बताए ।

तीन वटा समितिमार्फत अहिले पूर्वी क्षेत्रमा दुई सय वटा सार्वजनिक सवारीसाधन सञ्चालनमा रहेका छन् । ती सवारीसाधनलाई पूर्वबाट चारचार मिनेट र नारायणगढबाट पनि चारचार मिनेटको फरकमा छुटाउने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षलाई सफल बनाउनका लागि सबै सरोकार भएका निकायको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले भने, “भरतपुर भ्रमण वर्षलाई सफल बनाउने जिम्मेवारी महानगरपालिकाको मात्रै होइन सबै सरोकारवाला निकायको उत्तिकै भूमिका रहन्छ ।”

होटल व्यवसायी, सञ्चारकर्मी, यातायात व्यवसायीसहित अन्य स्थानीयको सहयोगले महत्व राख्ने उहाँको भनाइ थियो । महानगरको सानो प्रयासमा पहिलो चरणमा पूर्वबाट आउने सवारीसाधनमा छुट दिने व्यवस्था भएको भन्दै व्यवसायीलाई धन्यवाद दिए ।

उनले भने, “अब महानगरभित्रका हरेक पर्यटकीय गन्तव्यस्थलमा जाने, महानगरभित्र चल्ने सबै सवारीसाधनका समितिसँग यस विषयमा छलफल गरेर अघि बढ्छौँ ।”

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १० : ३९ बजे

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ– मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी

निर्वाचन सफल गराउन सबैले सहयोग गर्नुपर्छ : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन

सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले काम गरिरहेको छ :  प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले

तस्बिरमा हेर्नुहोस्, ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७ औँ स्थापना दिवस मनाएको

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

एजेन्सी– कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको