महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा २७ जना घाइते « Khabarhub

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा २७ जना घाइते


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– पिपरामा ट्रयाक्टर दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। मुस्लिम समुदायको मोहर्रम पर्वका अवसरमा पिपरा गाउँपालिकामा लागेको ताजिया मेला हेर्न जाने यात्रु बोकेको ट्रयाक्टर दुर्घटनामा परेको हो। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारका अनुसार बिहीबार अपराह्‍न ४ बजे जलेश्वर नगरपालिका-६ धबौली गाउँबाट ज १ त ८०४४ नम्बरको ट्रयाक्टरमा पिपरा गाउँपालिका-५ मा लागेको दाहा मेला हेर्न गइरहेका वेला २७ जना जलेश्वर नपा-९ स्थित परिकौली चोकनजिकै दुर्घटनामा  परेका हुन्।

चालकले तीव्र गतिमा ट्रयाक्टर कुदाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये २६ जनाको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ भने गम्भीर घाइतेलाई उपचारका लागि जनकपुर लगिएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये धेरैको हातखुट्टामा चोट लागेको छ भने केहीको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ। दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ६ : ४८ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम