बंगलादेशमा आरक्षणविरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु « Khabarhub

बंगलादेशमा आरक्षणविरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आरक्षणविरुद्ध चलिरहेको राष्ट्रव्यापी आन्दोलनमा बंगलादेशका विभिन्न भागमा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ ।

स्थानीय मिडियाहरूले सयौँ मानिस घाइते भएको, आन्दोलन र हिंसा निरन्तर बढ्दै गएको बताएका छन् । प्रदर्शन हिंसात्मक हुँदै गएपछि बंगलादेशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ ।

यसैबीच, बंगलादेशको राष्ट्रिय च्यानल बीटीभीको कार्यालयमा बिहीबार दिउँसो आगलागी भएको छ । आगलागीका कारण बीटीभीको प्रसारण रोकिएको छ । 

गत जुन ५ मा रिट निवेदनका आधारमा उच्च अदालतले सन् २०१८ मा सरकारी जागिरमा आरक्षण खारेज गर्ने सरकारको सूचनालाई अवैधानिक घोषणा गरेको थियो ।

 अदालतको उक्त फैसलापछि आरक्षण विरुद्धको आन्दोलन सुरु भएको हो ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ८ : ५० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार