कोटा प्रणालीले बंगलादेशमा चर्किएको हिंसा : ३० बढीको मृत्यु | Khabarhub Khabarhub

कोटा प्रणालीले बंगलादेशमा चर्किएको हिंसा : ३० बढीको मृत्यु


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

रोजगारीका लागि सरकारले लागू गरेको कोटा सिस्टमको विरुद्धमा बङ्गलादेशमा जारी विरोध प्रदर्शन सरकारको नियन्त्रण बाहिर गएको छ। सो कोटा सिस्टमको विरुद्धमा धेरै विश्वविद्यालयमा प्रदर्शन जारी छ। अर्कोतर्फ दमन पनि त्यत्तिकै छ।

सन् १९७१ मा पाकिस्तानसँग भिन्न हुने समयको युद्धमा सरिक परिवारका सदस्यका लागि कोटा निर्धारण गरिएपछि यसले योग्य व्यक्ति अन्यायमा परेको भन्दै विरोध प्रदर्शन भएको हो। प्रदर्शन सरकारको नियन्त्रण बाहिर गइसकेको छ।

बिहीबार मात्र प्रदर्शनकारीमाथि प्रहरीको ज्यादतीको कारण १३ जानको ज्यान गएको छ। यस अघि नै १९ जानको ज्यान गइसकेको थियो। अहिले प्रदर्शनलाई लक्षित गर्दै इन्टरनेट सेवा समेत सरकारले काटेको छ। प्रदर्शन सुरु भएदेखि बिहीबार सबै भन्दा धेरै मानिसको ज्यान गएको हो।

बिहीबार मात्र प्रदर्शनकारीमाथि प्रहरीको ज्यादतीको कारण १३ जानको ज्यान गएको छ। यस अघि नै १९ जानको ज्यान गइसकेको थियो।

यसरी मारिने मध्ये एक जना बस ड्राइभर छन्। छातीमा गोली लागेका उनको अस्पताल लानेक्रममा बाटोमै मृत्यु भएको हो। एक रिक्सा चालक र अन्य तीन जना विद्यार्थीको पनि ज्यान गएको छ।

प्रहरीले प्रहार गरेको अश्रुग्याँसमा सयौँको ज्यान गएको छ। यस वर्षको सुरुवातमै सेख हसिना बाजेद प्रधानमन्त्री भए पछिको केही समयमा नै बेरोजगारी समस्या बढेको छ। अहिले १७० मिलियन जनसंख्याको पाँच भागको एक भाग जनसङ्ख्या नत पढाइ नत जागिरको अवस्थामा छ।

सन् १९७२ देखि नै बंगलादेशमा कोटा सिस्टम निर्धारण गरिएको थियो। सो कोटा सिस्टम सन् २०१८ मा सेख हसिनाले नै खारेज गरेकी हुन्। अहिले उच्च अदालतले फेरि सो कोटा सिस्टमलाई स्थापित गरिदिएको हो। यो मुद्दा सर्वोच्च अदालतमा गइसकेको छ। यसको विषयमा ७ अगस्टदेखि मात्र सुनुवाइ हुने भएको छ।

उच्च अदालतको सो निर्णयसँगै बङ्गलादेशमा कुल ५६ प्रतिशत सरकारी रोजगारीको अवसर कोटाको नाममा विभाजन हुने गरेको छ। महिला र पिछडिएको वर्गलाई पनि केही कोटा छुट्टाइएको छ।

सन् १९७२ देखि नै बंगलादेशमा कोटा सिस्टम निर्धारण गरिएको थियो। सो कोटा सिस्टम सन् २०१८ मा सेख हसिनाले नै खारेज गरेकी हुन्। अहिले उच्च अदालतले फेरि सो कोटा सिस्टमलाई स्थापित गरिदिएको हो।

विल्सन सेन्टरका दक्षिण एसियाली निर्देशक माइकल कुगेलम्यानका अनुसार अहिले आन्दोलन गरी रहने तल्लो वर्ग मात्र होइन। उच्च र धनाढ्य वर्ग समेत रहेको छ। सो वर्ग सधैँ राम्रो रोजगारीको आवश्यकता महसुस गरी रहेको थियो। विगतदेखि नै बढ्दै गएको बेरोजगारीको असर अहिले देखिएको छ। आन्दोलनकारीको निसाना सुरक्षाकर्मी मात्र होइन, बङ्गलादेश छात्र लिगमाथि पनि हो। छात्र लिग वाजेदको अवामी लिगको भातृ सङ्गठन हो।

बङ्गलादेशको कुल जनसंख्याको ६७ प्रतिशत जनसङ्ख्या १५ देखि ६४ वर्षको बिचको उमेरको छ। अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जनाए अनुसार एक चौथाइ भन्दा बढी व्यक्ति १५ देखि २९ वर्षको बिचमा छन्।

युवा बेरोजगार बन्दा राज्यविरुद्ध आक्रोश

एसिया प्यासिफिक फाउन्डेसन अफ क्यानडामा उपाध्यक्ष भिना नदजीबुला दक्षिण एसियाका युवामा बेरोजगारीका कारण राज्य र सत्ता माथिको आक्रोश बढ्दै गएको बताउँछन्। केही तथ्यले बङ्गलादेशमा पछिल्लो एक दशकमा गरिबी हट्दै गएको देखिएको छ। यसका बाबजुद त्यहाँ प्रशस्त समस्या छन्।

गत वर्ष तीन करोड ७७ लाखमा खाद्य संकट भएको तथ्य सार्वजनिक भएको थियो। गत वर्ष शून्य दशमलव ३ प्रतिशतले युवा बेरोजगारी घटेको थियो। तर, त्यहाँ बेरोजगारीको समस्या भयावह र डरलाग्दो छ।

कुल ५६ प्रतिशत कोटा प्रणालीका कारण आफू नै बेरोजगारीको समस्या पर्ने डर एक थरी युवामा छ। यसले आन्दोलन र विद्रोहलाई प्रेरित गरिरहेको छ।

कुल ५६ प्रतिशत कोटा प्रणालीका कारण आफू नै बेरोजगारीको समस्या पर्ने डर एक थरी युवामा छ। यसले सो आन्दोलन र विद्रोहलाई प्रेरित गरिरहेको छ। बङ्गलादेशको अर्थतन्त्र गार्मेन्ट उद्योग तथा वैदेशिक रोजगारीबाट आएको रेमिटेन्स नै हो। गत वर्षको एउटा आँकडालाई हेर्दा १५ देखि २४ वर्षका युवा मध्येका ४० प्रतिशतले बिना अध्ययन, बिना काम र विना कुनै तालिम नै बिताए। उनीहरूमा केही नगरी त्यसरी समय बिताउनु परेको आक्रोश स्वाभाविक नै थियो।

अहिलेको यो आन्दोलनमा सहभागी हुने विद्यार्थीको माग भने सम्पूर्ण कोटा प्रणाली खारेजीको होइन। एउटा निश्चित आदिवासी समूह र शारीरिक रूपमा अशक्तलाई यो कोटा दिएर अन्य कोटा प्रणाली हटाउनु पर्ने उनीहरुको अडान छ।

आम विद्यार्थीले यसको विरुद्धमा आवाज उठाए पनि अवामी लिगका समर्थकले यसमा असहमति जनाएका थिए। बङ्गलादेशमा पनि निजी रोजगारी जोखिमपूर्ण र भविष्यका लागि असुरक्षित ठानिन्छ। यस कारण धेरैको चासो सरकारी जागिरमानै हुने गरेको छ। अर्कोतर्फ अस्थिरता र बढ्दो मुद्रास्फीतिका कारण त्यहाँका युवामा त्यत्तिकै आक्रोश छ।

जनवरी महिनामा निर्वाचित भएका प्रधानमन्त्री सेख हसिना वाजेदले भने सर्वोच्च अदालतको निर्णयसम्मका लागि प्रतीक्षा गर्न अनुरोध गरेकी छिन्। जुलाई १ बाट सुरु भएको बङ्गलादेशको यो विरोध प्रदर्शन बिहीबारसम्म आइपुग्दा नियन्त्रण नै गर्न नसकिने अवस्थामा पुगिसकेको छ।

बङ्गलादेशमा निजी रोजगारी जोखिमपूर्ण र भविष्यका लागि असुरक्षित ठानिन्छ। यस कारण धेरैको चासो सरकारी जागिरमानै छ।

कोरोना महामारीपछि संसारका सबै देशमा समस्या निम्तिएको थियो। यो समस्याका माझ पनि बङ्गलादेश छोटो समयमा रिकभर हुने देशको रूपमा परिचय बनाउन सफल भएको थियो।

सन् २०२३ मा कुल ग्राहस्थ उत्पादन ५ दशमलव ८ प्रतिशतले बढेको थियो। यसका बाबजुद निजी क्षेत्रमा भन्दा सरकारी सेवामा तलब। सुविधा धेरै नै बढी रहेको जनाइएको छ। पछिल्लो वर्ष तीन हजार सरकारी सेवाका लागि चार लाख जनाले आवेदन दिएका थिए।

अहिलेको यो आक्रोश यत्तिमा सीमित छैन। यसरी दिइने कोटा प्रणालीमा वाजेदले आफ्नै दलको कार्यकर्तालाई प्राथमिकता दिने अनुमान पनि धेरै युवाको छ। अहिलेको आन्दोलन र विद्रोहको एउटा मूल कारण यसलाई पनि मानिएको छ।

सन् २०१८ मा आफैले यो प्रणाली खारेज गरे पनि अहिले वाजेद कोटा प्रणालीको पक्षमा आफूलाई उभ्याउन थालेकी छिन्। उनले विपक्षी राजनीतिक दलले युवालाई उक्साएर अशान्ति मच्चाएको आरोप लगाएकी छिन्।

अहिले पूर्ण रूपमा बङ्गलादेश बन्दको अवस्थामा गइरहेको छ। विपक्षी दलले पनि सो आन्दोलनलाई मलजल गरिरहेका छन्। अहिले भइहरेको यो विद्रोह र यसमा भएको दमनका कारण ज्यान जानेको सङ्ख्या अझ धेरै हुनसक्छ। धेरै जना विभिन्न कुनामा च्यापिएको जनाइएको छ।

कोटा प्रणाली र यसको विरुद्धमा भएको प्रदर्शन बङ्गलादेशका लागि ठुलो क्षतिको रूपमा देखिएको छ।

स्रोत : फिनान्सीयल पोलिसी, रोयटर्स, बिबिसी, अलजजीरा, इकोनोमिक्स टाइम्स

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ९ : १३ बजे

एलआईसी नेपालले ८८ प्रतिशत हकप्रद सेयर जारी गर्दै

काठमाडौं – लाइफ इन्स्युरेन्स कर्पोरेसन (एलआईसी) नेपालले ८८.४५ प्रतिशत हकप्रद

सिनेमा बजार सुन्निएको कि मोटाएको ?

काठमाडौं – वि.सं. २०८१ को सुरुवाती ६ महिना नेपाली सिनेमाका

बगेर खेर गइरहेछ भोटको नुन

म्याग्दी – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन

साढे सत्र करोडको लागतमा पक्की पुल निर्माण हुँदै

खोटाङ– जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा पर्ने बुवाँखोलामा सवारी साधन

आर्चर आइपिएल सूचीमा : अक्सनमा सहभागी हुने

काडमाडौं – पहिला सर्ट लिस्ट गरिएका खेलाडीको सूचीमामा समावेश नभएका