युक्रेनी राष्ट्रपति भन्छन्- ट्रम्प फेरि राष्ट्रपति बने उनीसँग काम गर्न सहज हुँदैन | Khabarhub Khabarhub

युक्रेनी राष्ट्रपति भन्छन्- ट्रम्प फेरि राष्ट्रपति बने उनीसँग काम गर्न सहज हुँदैन


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बनेमा उनीसँग काम गर्न सजिलो नहुने टिप्पणी गरेका छन् ।

बीबीसीसँग कुरा गर्दै जेलेन्स्कीले चुनावपछि अमेरिकाको जिम्मेवारी लिने जोसुकैसँग पनि काम गर्न तयार रहेको बताउँदै ट्रम्पले जितेमा काम गर्न सहज नहुने बताएका हुन् ।

राष्ट्रपतिका उम्मेदवार ट्रम्पसहित उपराष्ट्रपतिका उम्मेदवार बनेका ओहायोका सिनेटर जेडी भान्सले पनि युक्रेनमा के हुन्छ भन्ने वास्ता नगर्ने बताउँदै युक्रेनमा युद्धको लागि आर्थिक सहयोगको विरुद्धमा रहेका छन् ।

अमेरिकी चुनावमा मनोनयनपछि नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भए युक्रेनका सम्बन्धमा अमेरिकाको नीति परिवर्तन हुने आशंका फेरि बढेको छ ।

जेलेन्स्कीले बीबीसीलाई युक्रेनमा वास्तवमा के भइरहेको छ भन्ने थाहा नभएको हुनाले अमेरिकासँग मिलेर काम गर्नुपर्ने बताए । हाल बेलायतमा रहेका जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केयर स्टाररलाई पनि भेटेका थिए, जसले सम्भव भएसम्म युक्रेनको साथ रहने बताएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  १२ : २८ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका