न्यूरोडमा फुटपाथ विस्तार- सडक विभागपछि स्थानीयसँग महानगरको द्वन्द्व (तस्बिरहरू) « Khabarhub

न्यूरोडमा फुटपाथ विस्तार- सडक विभागपछि स्थानीयसँग महानगरको द्वन्द्व (तस्बिरहरू)


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालतको आदेशपछि सुरु भएको काठमाडौंको न्यूरोडस्थित फुटपाथ विस्तारको कामलाई स्थानीयबासीले अवरोध गरिदिएका छन् ।

महानगरपालिकाले फुटपाथ फराकिलो गरिरहेका बेला शुक्रबार बिहानदेखि स्थानीयले विरोध गरेर काममा अवरोध गरेका हुन् ।

स्थानीयबासीसँगै काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चीनकाजी महर्जन पनि विरोधमा उत्रिएका छन् । उनी र महानगरका मेयर बालेन्द्र साहबीच केही महिनादेखि सार्वजनिक रुपमै द्वन्द्वको अवस्था देखिएको छ ।

यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडि बढाएको थियो ।

सुरुमा फुटपाथ विस्तारको कामलाई डिभिजन सडक कार्यालय, काठमाडौंले अवरोध गरिदिएको थियो । आफ्नो क्षेत्राधिकारको सडक महानगरले जथाभावी भत्काएको आरोप सडक विभागको थियो ।

तर न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्म फुटपाथ विस्तार अघि बढिरहेका बेला अब महानगरसँग स्थानीयबासी पनि द्वन्द्वमा उत्रिएका हुन् ।

फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि नेपाल प्रहारी र नगर प्रहारीलगायत तैनाथ थिए । महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित तैनाथ भए पनि स्थानीयले काममा अवरोध गरेका हुन् ।

यससँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको योजनामा अघि बढेको फुटपाथ विस्तारले स्थानीयबासीसँग पनि द्वन्द्वको अवस्था ल्याएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी
  

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  १२ : ५८ बजे

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको