त्रिशूलीमा बेपत्ता यात्रुको शव नारायणीले बगाएर भारत पुर्‍यायो « Khabarhub

त्रिशूलीमा बेपत्ता यात्रुको शव नारायणीले बगाएर भारत पुर्‍यायो

दुईजनाको शव एसएसबीले भेट्टाएर नेपाललाई बुझायो


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15.6k
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाएर गत शुक्रबार बिहान त्रिशूलीमा बेपत्ता भएका दुई बसका ६५ यात्रुमध्ये २३ जनाको शव भेटिएको छ।

घटनाको ठ्याक्कै एक साता बित्दा अहिलेसम्म नेपाली सुरक्षाकर्मी र उद्धारमा खटिएकाहरूले बस दुर्घटनामा परेको स्थानमा कसैलाई पनि भेट्टाउन नसकेका हुन् ।

अहिलेसम्म भेटिएका शवहरू अधिकांश घटनास्थलबाट कम्तीमा ४० देखि ६० किलोमिटर तल नारायणी नदीक्षेत्रमा भेटिएका हुन् ।

शुक्रबार मात्रै नारायणीले बगाएर लगेका दुईवटा शव भारतीय क्षेत्रमा भेटिएका छन् ।

बस दुर्घटनापछि बेपत्तामध्ये दुई यात्रुको शव भारतको चम्पारण नागाहास्थित नारायणी नदीमा भेटिएका हुन् । ती शवलाई गण्डक ब्यारेजबाट पनि बगाएर नारायणीले भारततर्फ पुर्‍याएको हो ।

ती शवलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले बिहीबार भेट्टाएको हो ।

एसएसपीले भेट्टाका दुवै शवलाई नेपालस्थित सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट पोष्ट’ (बीओपी) त्रिवेणीको टोली, नेपाल प्रहरी र जनप्रतिनिधिको रोहबरमा नेपाल ल्याइएको छ ।

१५ को सनाखत

सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्यांकअनुसार शुक्रबार बिहान १०.५० बजेसम्म १५ जनाको सनाखत भएको छ । आठ पुरुष र एक महिलासहित नौ शवको सनाखत भएको छैन ।

भारतको बिहार सीतामढीका २८ वर्षीय ऋषिपल साह र २७ वर्षीय विवेक कुमार, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको शव आफन्तले बुझेका छन् ।

चितवनको माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका–२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर गाउँपालिका–६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटको चन्द्रपुर नगरपालिका–१० का बस चालक ४३ वर्षीय किशोरकुमार चौधरीको सनाखत भएको छ ।

रौटहटको गरुडा नरपालिका–९ का नौ वर्षीय अशोककुमार यादव, रौतहटको परोहा नगरपालिका–६ का ४० वर्षीय ऋषिकुमार सिंह, सर्लाहीको रामनगर गाउँपालिका–३ का जितेन्द्रराम महरा, पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ का २८ वर्षीया चन्द्रप्रभा कुमारी र रौतहटको बौधिमाई नगरपालिका–७ का २९ वर्षीया अमृता कुमारीको शव सनाखत भई आफन्तले बुझी लगेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताए ।

थापाका अनुसार शव चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा, त्रिवेणी व्यारेज क्षेत्रलगायत घटनास्थलबाट तटीय क्षेत्रमा फेला परेका हुन् ।

गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमति प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूलीमा बेपत्ता भएका थिए ।

पछिल्लो तथ्याङ्कअनुसार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा टिकट काटेका २७ र अन्य ११ गरी ३८ तथा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसमा टिकट काटेका २३ र अन्य चार गरी जम्मा २७ जना यात्रु थिए ।

टिकट नकाटी बसमा सवार यात्रुका आफन्तजनले दुर्घटनापछि प्रहरीमा आफन्तको विवरण उपलब्ध गराएका थिए । दुई बसमा ६५ यात्रु सवार रहेको खुलेको छ ।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसबाट हाम्फालेर बाँच्न तीनमध्ये रौतहटको गरुडा नगरपालिका–९ का जुगेश्वरराय यादव र सरोजकुमार गुप्ता उपचारपछि घर फर्केका छन् । रौतहटका देवाही बनाही नगरपालिका–१० का नन्दन दासको उपचार जारी छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  १ : १५ बजे

हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि

वासिङ्टन – प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा

सेनाबाट च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

सङ्खुवासभा– सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ

स्कटल्यान्डविरुद्ध ओपन कुशल भुर्तेल आउट : विनोद र अर्जुनलाई निरन्तर अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले