बङ्गलादेशमा रहेका नेपालीबारे परराष्ट्रमन्त्रीको चासो « Khabarhub

बङ्गलादेशमा रहेका नेपालीबारे परराष्ट्रमन्त्रीको चासो


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीसँग त्यहाँ विकसित पछिल्लो घटनाक्रम र नेपाली विद्यार्थीको अवस्थाबारेमा जानकारी लिएकी थिइन्  ।

मन्त्री डा राणाले आज राजदूत भण्डारीलाई टेलिफोन सम्पर्क गरी त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिकको अवस्थाका बारेमा जानकारी लिएकी हुन्  ।

त्यस क्रममा उनले नेपालीहरूलाई कुनै अप्ठ्यारो हुन नदिन र सुरक्षित तवरले आआफ्ना स्थानमा रहने वातावरणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको परराष्ट्रमन्त्री डा राणाको सचिवालयले जनाएको छ ।

राजदूत भण्डारीले त्यहाँ सबै नेपाली सुरक्षित रहेका र उनीहरूलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आफ्ना क्याम्पस प्रशासनको निर्देशन पालना गर्न सूचित गरिएको जानकारी गराएका थिए ।

यस्तै त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कुनै अप्ठ्यारो परेमा सम्पर्कका लागि दूतावासका दुई जना अधिकारीको सम्पर्क नम्बर दिइएको तथा नेपाली विद्यार्थी अध्ययन गर्ने कलेज प्रशासनसँग दूतावास निरन्तर सम्पर्कमा रहेको जानकारी राजदूत भण्डारीले दिए । बङ्गलादेशमा केही दिन यतादेखि विद्यार्थीहरूले सडक प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  २ : ५५ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको