झापाको पुँजीगत खर्च ८७ प्रतिशत « Khabarhub

झापाको पुँजीगत खर्च ८७ प्रतिशत


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– गत आर्थिक वर्ष २०८०/०८१ मा झापाको  पुँजीगतर्फ चार अर्ब ८० करोड २३ लाख ५४ हजार चार सय १३ रुपैयाँ खर्च भएको छ । उक्त खर्च पुँजीगतका लागि विनियोजित बजेटको ८७ दशमलव ०१ प्रतिशत हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीकानुसार जिल्लाको पुँजीगततर्फ पाँच अर्ब ५१ करोड ९१ लाख ६८ हजार चार सय १७ रुपैयाँ विनियोजन भएको थियो ।

‘चालुतर्फको विनियोजित १५ अर्ब ४९ करोड ३५ लाख ७५ हजार २० रुपैयाँमध्ये ९७ दशमलव ३० अर्थात् १५ अर्ब सात करोड ५६ लाख ५५ हजार सात सय ९९ रुपैयाँ खर्च भएको छ’ उनले भने ।

समग्रमा झापामा गत वर्षका लागि विनियोजित बजेटको ९४ दशमलव ६० अर्थात् १९ अर्ब ८७ करोड ८० लाख १० हजार दुई सय १२ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय झापाले जनाएको छ ।

यहाँ गत आव २०८०/०८१ मा १९ अर्ब ४८ करोड २८ लाख ८६ हजार नौ सय १८ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

सबैभन्दा धेरै मेची भन्सार कार्यालय काँकरभिट्टाबाट १४ अर्ब २३ करोड १३ लाख ८३ हजार नौ सय ९० रुपैयाँ संकलन भएको हो ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ४ : ५८ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ