झापाको पुँजीगत खर्च ८७ प्रतिशत « Khabarhub

झापाको पुँजीगत खर्च ८७ प्रतिशत


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– गत आर्थिक वर्ष २०८०/०८१ मा झापाको  पुँजीगतर्फ चार अर्ब ८० करोड २३ लाख ५४ हजार चार सय १३ रुपैयाँ खर्च भएको छ । उक्त खर्च पुँजीगतका लागि विनियोजित बजेटको ८७ दशमलव ०१ प्रतिशत हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीकानुसार जिल्लाको पुँजीगततर्फ पाँच अर्ब ५१ करोड ९१ लाख ६८ हजार चार सय १७ रुपैयाँ विनियोजन भएको थियो ।

‘चालुतर्फको विनियोजित १५ अर्ब ४९ करोड ३५ लाख ७५ हजार २० रुपैयाँमध्ये ९७ दशमलव ३० अर्थात् १५ अर्ब सात करोड ५६ लाख ५५ हजार सात सय ९९ रुपैयाँ खर्च भएको छ’ उनले भने ।

समग्रमा झापामा गत वर्षका लागि विनियोजित बजेटको ९४ दशमलव ६० अर्थात् १९ अर्ब ८७ करोड ८० लाख १० हजार दुई सय १२ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय झापाले जनाएको छ ।

यहाँ गत आव २०८०/०८१ मा १९ अर्ब ४८ करोड २८ लाख ८६ हजार नौ सय १८ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

सबैभन्दा धेरै मेची भन्सार कार्यालय काँकरभिट्टाबाट १४ अर्ब २३ करोड १३ लाख ८३ हजार नौ सय ९० रुपैयाँ संकलन भएको हो ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ४ : ५८ बजे

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका