फुटपाथ विस्तारले न्यूरोडमा तनाव : महानगरको डोजरमै चढेर अवरोध (तस्बिरहरू) | Khabarhub Khabarhub

फुटपाथ विस्तारले न्यूरोडमा तनाव : महानगरको डोजरमै चढेर अवरोध (तस्बिरहरू)


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्म फुटपाथ विस्तार योजनाले तनाव बढाउँदै लगेको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको योजनामा अघि बढेको फुटपाथ विस्तारविरुद्ध वडाअध्यक्षसहितका जनप्रतिनिधिहरू प्रतिकारमा उत्रिएका हुन् ।

शुक्रबार फुटपाथ विस्तारको विरोधमा उत्रिएका स्थानीय र महानगर प्रहरीबीच पटक पटक धकेलाधकेल र हात हालाहालको अवस्था भएको छ ।

काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि  डोजर पठाएपछि विरोधमा उत्रिएका स्थानीयबासी र नगर प्रहरीबीच धकेलाधकेल भएको हो ।

त्यसक्रममा वडाअध्यक्ष चिनकाजी महर्जनसहितका स्थानीयबासीहरू डोजरमाथि नै चढेर आन्दोलनमा उत्रिएका हुन् ।

फुटपाथ विस्तारलाई लिएर बिहीबारदेखि नै स्थानीय आन्दोलित छन् । उनीहरूले शुक्रबार बिहान पनि न्यूरोड क्षेत्रमा उत्रिएर आन्दोलन चर्काइरहेका छन् ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ६ : २० बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि