काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा सरकार बन्ने बताउनु पर्ने बताएका छन् ।
शुक्रबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री कार्की केन्द्रको समीकरण भन्दा फरक रहने सोच नभएको भन्दै त्यही अनुसार सरकार बन्ने बताएका हुन् ।
सरकार पुनर्गठनका लागि कांग्रेससंग छलफल भइरहेको भन्दै ठोस जवाफ आईनसकेको उनले बताए ।
उनले आफूले कांग्रेसको जवाफ पर्खिरहेको जिकिर गरे । मुख्यमन्त्री कार्कीले माओवादीलाई पनि प्रदेशमा समीकरण परिवर्तन गर्ने तयारीका विषयमा जानकारी गराइसकिएको बताए ।
उनले प्रदेशमा मन्त्रालयको भागबन्डाका विषयमा केन्द्रको निर्देशन आवश्यक नभएको बताए ।
प्रतिक्रिया