अर्थसंक्षेप : माइक्रोसफ्टमा समस्या आउँदा विश्वभरका आर्थिक क्षेत्र प्रभावित, निर्माण व्यवसायीको भुक्तानी नरोकीने | Khabarhub Khabarhub

अर्थसंक्षेप : माइक्रोसफ्टमा समस्या आउँदा विश्वभरका आर्थिक क्षेत्र प्रभावित, निर्माण व्यवसायीको भुक्तानी नरोकीने


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको भुक्तानी नरोकिने बताएका छन् । शुक्रबार माइक्रोसफ्टमा आएको समस्याका कारणले विश्वभरका कयौँ बैंक, हवाई एयरलाइन्स र टेलिकम्युनिकेशनको काम अचानक ठप्प भएको छ ।

यसरी नै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा झापाको  पुँजीगतर्फ चार अर्ब ८० करोड २३ लाख ५४ हजार चार सय १३ रुपैयाँ खर्च भएको छ ।

आजका प्रमुख आर्थिक समाचारहरु : 

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन्  । नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटघाटमा उनले दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने स्पष्ट पारेका हुन् ।

महासङ्घका पदाधिकारीसँगको छलफल अघि अर्थमन्त्री पौडेलले विभिन्न विषयगत मन्त्रालयका सचिवसँग छलफल गरेको थिए ।  ‘काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई भनिसकेको छ’, अर्थमन्त्री पौडेलले भने, ‘समस्या आइसकेपछि यत्तिकै राख्ने होइन, समाधान गर्दै जाने हो । दुवै पक्ष छलफल गरेर निकास खोज्नतर्फ लागौँ ।’

सम्पन्न भएको कामको भुक्तानी नरोक्न विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको अर्थमन्त्री पौडेलले बताए । पूर्वाधार निर्माणको गुणस्तर कायम गर्दै तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न पनि अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीलाई आग्रह गरे ।

 सडक भासिएपछि सिंगो बस्ती जोखिममा

जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा सडकसँगैको जमिन भासिँदा सिंगो बस्ती जोखिममा परेको छ । तिलाहारको नवजागृत माध्यमिक विद्यालय नजिक रहेको डिमुवा–राम्जा–चित्रे सडक भासिँदा सडकभन्दा तल रहेको बस्ती जोखिममा परेको हो ।

गत असार ३० गतेको राति आएको अविरल वर्षाका कारण करिब ७० मिटर लामो सडक भासिनुका साथै वरपरका केही घर चर्किएका छन् । जमिन भासिएपछि स्थानीयले प्लास्टिक ओढाएर भासिएको जमिनबाट तत्काल पानी बग्न रोके पनि जमिनको भासिनेक्रम नरोएिकको मोदी–६ का वडाध्यक्ष दिपेन्द्रजङ्ग लामिछानेले जानकारी दिए। उनका अनुसार जमिन भासिएपछि सडकको माथिपट्टि र तलपट्टि रहेका करिब ४० परिवार जोखिममा परेका छन् ।

वडाध्यक्ष लामिछानेले डिमुवा बजारभन्दा माथि रहेका बस्ती र कुँवर टोल, फूलबारी र साउनेपानीका घर जोखिममा परेका जानकारी दिए। केही परिवारले घर छाडेर अन्यत्र बस्न थालिसकेका छन् । पहिरोलाई तत्काल रोकथाम नगर्ने हो भने ठूलो विपत्ति आउनसक्ने उनको भनाइ छ ।

माइक्रोसफ्टको सर्भरमा समस्या : विश्वभरका बैंक र सञ्चारगृह प्रभावित

शुक्रबार विश्वभरका कयौँ बैंक, हवाई एयरलाइन्स र टेलिकम्युनिकेशनको काम अचानक ठप्प्प भएको छ । कयौँ टेलिभिजन र प्रसारण कम्पनीको काम पनि रोकिएको छ । माइक्रोसफ्टको सर्भर ठप्प्प हुन पगेपछि विश्वभर यो समस्या आएको हो । माइक्रोसफ्टले यस समस्याको समाधान कोसिस भइरहेको जनाएको छ।

आईटी प्रणाली ठप्प हुँदा अस्ट्रेलियाको सिड्नी एयरपोर्ट र युनाइटेड एयरलाइन्सको उडान नै रोकिएको छ । अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले विश्वभरमा आफ्ना उडान रोकेका छन् । यी कम्पनीले अहिले उडिरहेका बाहेक अन्य कुनै पनि जहाज तत्काल विमानस्थलमै रहने जनाएको छ।

बेलायतमा रेल कम्पनीहरूकव अपरेशन रोकिएको छ । एक प्रमुख रेल कम्पनीले ठूलो प्राविधिक समस्या झेल्नु परेको जनाएको छ । यसका कारण रेल सञ्चालनमा असर पर्न सक्ने कम्पनीले जनाएको छ । आईटी प्रणाली ठप्प हुँदा बर्लिन एयरपोर्टमा चेक(इनका क्रममा समस्या भएको छ । स्पेनका सबै विमानस्थलमा पनि आइटी प्रणालीको समस्याले सताएको छ । बेलायतमा स्काई न्यूज च्यानल अफ एयर भएको छ । अस्ट्रेलियामा टेलिकम्युनिकेशन ग्रुप टेलस्ट्राको सेवामा समस्या आएको छ ।

बाह्रै महिना विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्छ : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताएका छन् ।

प्राधिकरणका अध्यक्षसमेत रहेका मन्त्री खड्काको स्वागतमा आज नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको ‘बधाई तथा स्वागत’ कार्यक्रममा उनले हिउँदमा कममात्रामा विद्युत् हुँदा समस्या भएको भन्दै बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुने गरी प्राधिकरणले उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

‘किन हिँउद याममा विद्युत् पुग्दैन, यसको समस्या समाधानका लागि प्राधिकरणले के कस्ता योजना र कार्यक्रम अगाडि सारेको छ ?, हिउँद याममा बिजुली पुर्‍याउने गरी प्राधिकरणले योजना बनाएर कार्यान्वयन गर्नुपर्छ’, ऊर्जा मन्त्री खड्काले भने। प्रभावकारी योजना बनाएर अगाडि बढ्दा मन्त्रालयले सदैव सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  आज सुन तोलामा २००० रुपैयाँले घटेको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो । महासङ्घका अनुसार आज छापावाल सुन एक लाख ४७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख ४६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि बिहीबार छापावाल सुन तोलाको एक लाख ४९ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँमा   कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३० रुपियाँ घटेर तोलाको १८३० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

मौद्रिक नीति आज सार्वजनिक नहुने

आज मौद्रिक नीति सार्वजनिक नहुने भएको छ । आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा आज सार्वजनिक नगर्ने भएको हो ।

केन्द्रमा सरकार फेरिएको र खासगरी प्रधानमन्त्रीको  आर्थिक सल्लाहकारमा बिहीबार मात्र नियुक्त भएका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति केही दिनका लागि स्थगित गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

यस अघि गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई ब्रिफिङ गरेर आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेका थिए ।

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।

घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने र अस्पतालमा सुरक्षितरूपमा सुत्केरी गराउन अभिप्रेरित गर्ने उद्देश्यले गत आर्थिक वर्ष २०८०/८१ को देखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिएको हो ।

गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले घरमै सुत्केरी हुने दरलाई शून्यमा झार्न एम्बुलेन्स सेवा उपलब्ध गराउन गालिएको बताए ।

‘गाउँपालिकावासी सबै गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइरहेका छौँ । यसले गर्भवती महिला तथा सुत्केरी भइसकेपछि आमा र शिशुको स्वास्थ्यका बारेमा रेखदेख र आवश्यक परामर्श दिन पनि सहज भएको छ’, उनले भने ।

अर्थमन्त्रीलाई भेटेर चेम्बरले भन्यो– कर्जाको पुनर्तालिकीकरण भए धरासायी उद्योग बचाउन सकिन्छ

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसंग अर्थ मन्त्रालयमा शुक्रबार भेटवार्ता गरेको छ । नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझाव सहित चेम्बर कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष सिंहदरबारमा भेटवार्ता गरेको हो ।

अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको चेम्बर केन्द्रीय कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना समेत दिएको छ ।

आर्थिक गतिविधिमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानीप्रति आकर्षण नभएकोप्रति चेम्बर अध्यक्ष अग्रवालले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराए ।

झापाको पुँजीगत खर्च ८७ प्रतिशत

गत आर्थिक वर्ष २०८०/०८१ मा झापाको  पुँजीगतर्फ चार अर्ब ८० करोड २३ लाख ५४ हजार चार सय १३ रुपैयाँ खर्च भएको छ । उक्त खर्च पुँजीगतका लागि विनियोजित बजेटको ८७ दशमलव ०१ प्रतिशत हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीकानुसार जिल्लाको पुँजीगततर्फ पाँच अर्ब ५१ करोड ९१ लाख ६८ हजार चार सय १७ रुपैयाँ विनियोजन भएको थियो ।

‘चालुतर्फको विनियोजित १५ अर्ब ४९ करोड ३५ लाख ७५ हजार २० रुपैयाँमध्ये ९७ दशमलव ३० अर्थात् १५ अर्ब सात करोड ५६ लाख ५५ हजार सात सय ९९ रुपैयाँ खर्च भएको छ’ उनले भने ।

 

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ७ : १४ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल माघ १२ गते शनिबार माघ

आज २०८१ साल माघ १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ १२ गते शनिबार माघ

पोखरा महानगरपालिकाको १६औँ नगरसभा सम्पन्न

गण्डकी – पोखरा महानगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ ।

पोखरामा भोलिदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता

कास्की – पोखरा रङ्गशालामा भोलिदेखि सुरु हुने पाँचौँ संस्करणको ‘टाइगर

सत्तामा रहँदा हामीले गल्ती गरेका छैनौँ : प्रचण्ड

दाङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री