काठमाडौंको ढल मिसिएको पानीमा भेटियो पोलियोको भाइरस « Khabarhub

काठमाडौंको ढल मिसिएको पानीमा भेटियो पोलियोको भाइरस


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखिएको छ ।

टुकुचा र बागमती मिसिएको खोलाको पानी परीक्षण गर्दा उक्त सो भाइरस देखिएको हो ।

२६ मे २०२४ मा संकलन गरिएको नमुनामा भाइरस रहेको पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतले बताए ।

बागमती र टुकुचा किनारसहित शंकास्पद स्थानको पानीको नमुना संकलन गरी परीक्षणका का लागि विश्व स्वास्थ्य संगठनको बैंककस्थित प्रयोगशालामा पठाइएको डा. गौतमले जानकारी दिए ।

डा. गौतमका अनुसार सो भाइरस पोलियोकै खोप पेटमा गई म्युटेन्ट ९परिवर्तित० भएर हुन सक्ने प्रकारको हो ।

भ्याक्सिन डिराइभ्ड भाइरस देखिएपछि सरकारले काठमाडौं उपत्यकामा तत्काल खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप शाखाले साउन ९ देखि १२ गतेसम्म उपत्यकामा खोप दिँदै छ ।

जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर घरमै पुगेर खोप दिइने डा। गौतमले बताए । सरकारले अहिले नियमित खोपमार्फत मुखबाट पोलियो थोपा खुवाउँदै आएको छ ।

नियमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले जनाएको छ । सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ७ : १८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु