काठमाडौंको ढल मिसिएको पानीमा भेटियो पोलियोको भाइरस | Khabarhub Khabarhub

काठमाडौंको ढल मिसिएको पानीमा भेटियो पोलियोको भाइरस


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखिएको छ ।

टुकुचा र बागमती मिसिएको खोलाको पानी परीक्षण गर्दा उक्त सो भाइरस देखिएको हो ।

२६ मे २०२४ मा संकलन गरिएको नमुनामा भाइरस रहेको पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतले बताए ।

बागमती र टुकुचा किनारसहित शंकास्पद स्थानको पानीको नमुना संकलन गरी परीक्षणका का लागि विश्व स्वास्थ्य संगठनको बैंककस्थित प्रयोगशालामा पठाइएको डा. गौतमले जानकारी दिए ।

डा. गौतमका अनुसार सो भाइरस पोलियोकै खोप पेटमा गई म्युटेन्ट ९परिवर्तित० भएर हुन सक्ने प्रकारको हो ।

भ्याक्सिन डिराइभ्ड भाइरस देखिएपछि सरकारले काठमाडौं उपत्यकामा तत्काल खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप शाखाले साउन ९ देखि १२ गतेसम्म उपत्यकामा खोप दिँदै छ ।

जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर घरमै पुगेर खोप दिइने डा। गौतमले बताए । सरकारले अहिले नियमित खोपमार्फत मुखबाट पोलियो थोपा खुवाउँदै आएको छ ।

नियमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले जनाएको छ । सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ७ : १८ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि