राप्रपा दरिलो प्रतिपक्षी भएर उभिन्छ : राजेन्द्र लिङ्देन « Khabarhub

राप्रपा दरिलो प्रतिपक्षी भएर उभिन्छ : राजेन्द्र लिङ्देन


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा दरिलो प्रतिपक्षी भएर उभिने बताएका छन्।

शुक्रबार खबर हबसँग कुरा गर्दै लिङ्देनले राप्रपाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि नदिने र समर्थन पनि नगर्ने बताएका हुन् ।

उनले भने, ‘हामीले संविधान संशोधनको एजेण्डा हुँदा समर्थन गर्नुपर्छ कि भन्ने केही मनसाय राखेका थियौं तर यो मुद्दा अहिले सेलाएर गएको छ। राप्रपाका अन्य मुद्दा र एजेण्डा पनि समावेश नहुने भएकाले अहिले ओलीलाई विश्वासको मत पनि दिँदैनौं र समर्थन पनि गर्दैनौं।’

राप्रपाले अगाडि सारेका एजेण्डामा वर्तमान सरकार लचिलो भए भविष्यमा सोच्ने विषय भएको उनले बताए । तीन प्रतिपक्षी दलबीच भएको छलफललाई आफूले समर्थन गरेको भन्दै राष्ट्रिय मुद्दामा आफू पनि प्रतिपक्षी भएको हिसाबले उनीहरुसँग संवाद र सहकार्य गरेर अगाडि बढ्ने समेत उनले दाबी गरे।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ८ : ३३ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको