राप्रपा दरिलो प्रतिपक्षी भएर उभिन्छ : राजेन्द्र लिङ्देन | Khabarhub Khabarhub

राप्रपा दरिलो प्रतिपक्षी भएर उभिन्छ : राजेन्द्र लिङ्देन


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा दरिलो प्रतिपक्षी भएर उभिने बताएका छन्।

शुक्रबार खबर हबसँग कुरा गर्दै लिङ्देनले राप्रपाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि नदिने र समर्थन पनि नगर्ने बताएका हुन् ।

उनले भने, ‘हामीले संविधान संशोधनको एजेण्डा हुँदा समर्थन गर्नुपर्छ कि भन्ने केही मनसाय राखेका थियौं तर यो मुद्दा अहिले सेलाएर गएको छ। राप्रपाका अन्य मुद्दा र एजेण्डा पनि समावेश नहुने भएकाले अहिले ओलीलाई विश्वासको मत पनि दिँदैनौं र समर्थन पनि गर्दैनौं।’

राप्रपाले अगाडि सारेका एजेण्डामा वर्तमान सरकार लचिलो भए भविष्यमा सोच्ने विषय भएको उनले बताए । तीन प्रतिपक्षी दलबीच भएको छलफललाई आफूले समर्थन गरेको भन्दै राष्ट्रिय मुद्दामा आफू पनि प्रतिपक्षी भएको हिसाबले उनीहरुसँग संवाद र सहकार्य गरेर अगाडि बढ्ने समेत उनले दाबी गरे।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ८ : ३३ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको