एकीकृत समाजवादीका मनोनीत केन्द्रीय सदस्यको शपथ ९ गते « Khabarhub

एकीकृत समाजवादीका मनोनीत केन्द्रीय सदस्यको शपथ ९ गते


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले थप गरेका दुई सय ५१ केन्द्रीय सदस्यलाई यही भदौ ९ गते काठमाडौँमा शपथ गराउने भएको छ ।

महाधिवेशन सम्पन्न भएलगत्तै मनोनीत ती सदस्यलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले शपथ गराएपछि औपचारिक रूपमा पदीय जिम्मेवारी तथा संगठनका गतिविधिमा सदस्यलाई क्रियाशील गराइने छ । पार्टीले केन्द्रीय सदस्यमा नपरेका नेतालाई विभिन्न विभागमा व्यवस्थापन गर्न लागेको हो ।

पार्टीले केन्द्रीय कमिटी सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । शपथ ग्रहण कार्यक्रमपछि सोही दिनदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा केन्द्रीय विभागका संरचनाको निर्माणका लागि छलफल गरिने छ । बैठकले पदाधिकारी छनोटका लागि कार्यविधि तथा मापदण्ड बनाउने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए।

पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागेको छ । बैठकले क्लष्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने विषयमा समेत छलफल सोही बैठकमा गरिनेछ । 

नेताहरूको योगदान तथा कार्यक्षमताका आधारमा पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । 

पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले नेताहरूको योगदान र कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिने नेता पाण्डेयले जानकारी दिए। 

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १ : ३० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्