सहकारीमार्फत कोदो संरक्षण गर्दै भरतपुर महानगर | Khabarhub Khabarhub

सहकारीमार्फत कोदो संरक्षण गर्दै भरतपुर महानगर


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको भरतपुरमा सहकारीमार्फत रैथाने बाली कोदो संरक्षण गर्न थालिएको छ । भरतपुर महानगरपालिका–९ स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्थाले हराउँदै गएको कोदो उत्पादन गर्न सदस्यहरुमार्फत अभियान सञ्चालन गरेको हो ।

सहकारी संस्थामार्फत आइतबार भरतपुर–८ स्थित ज्योति टोलमा सामूहिक रुपमा कोदो रोपिएको छ । सुरुआतमा बाँझो रहेको आठ कट्ठाको प्लटमा कोदो रोपिएको संस्थाका अध्यक्ष बेदप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार किसानलाई रैथाने बाली कोदोप्रति आकर्षित गर्नका लागि पहिलोपटक सामूहिक रुपमा कोदो रोपिएको हो ।

‘सहरी क्षेत्रमा कोदो रोप्ने प्रचलन हट्दै गएको छ, मानिसहरूले घडेरी किन्दै छाड्ने र बाँझो राख्ने क्रम उच्च छ’, सापकोटाले भने, ‘खाली जमिनलाई उत्पादनसँग जोड्नका लागि यो अभियान चलाएका हौँ ।’ 

सापकोटाका अनुसार वडा नं ८ र ९ मा रहेका करिब १० बिघा जमिनमा कोदो रोपिएको छ । यस वर्ष मात्रै सहकारी संस्थामार्फत बीउ लगेर सात बिघा क्षेत्रफलमा कोदो रोपिएको छ ।

सहकारी संस्थाले गत वर्ष काभ्रेबाट एक किलो रैथाने कोदोको बीउ ल्याएर रोपेको थियो । त्यसबाट ४१ किलो बीउ उत्पादन भएको थियो । त्यस बीउमध्ये संस्थाका सदस्यलाई यस वर्ष २२ किलो बीउ वितरण गरिएको सापकोटाले बताए । 

वडा नं ९ का अध्यक्ष यामलाल कँडेलले रैथाने बाली संरक्षणमा वडा कार्यालय लागिपरेको बताए । महानगरपालिकाले नै रैथाने बाली संरक्षणका लागि पहल गरिरहेको भन्दै आगामी दिनमा कोदो संरक्षणका लागि वडा तहबाट पनि काम गरिने उनले बताए। 

लामो समयपछि कोदो रोप्न पाउँदा स्थानीयसमेत हर्षित भएका छन । भरतपुर–८ का चन्द्रमणि कँडेलले पछिल्लो समय कोदो रोप्ने प्रचलन हट्दै जानु चिन्ताको विषय भएको बताए। विगतमा पहाडमा रहँदा २२ मुरीसम्म कोदो उत्पादन गरेका उनले चितवन झरेपछि कोदो रोप्न छोडेका थिए यो । यस वर्ष भने उनले दुई कट्ठा जमिनमा कोदो रोपेको बताए । 

चितवनमा कोदोको उत्पादन राम्रो हुने गरेको छ । यहाँ अन्य बालीभन्दा कम लगानी र मेहनतमा कोलोखेती गर्न सकिने भएकाले किसानका लागिसमेत यो लाभदायिक हुने कृषि विकास कार्यालयका कृषि अधिकृत उमनाथ अर्यालले बताए । चितवनमा कोदोको उत्पादकत्व प्रतिहेक्टर एक दशमलव दुई मेट्रिक टन छ । गत वर्ष जिल्लामा एक हजार चार सय ६५ हेक्टरमा कोदोखेती गरिएको कृषि अधिकृत अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १ : ५५ बजे

म्याद थप गरी ल्याउने क्रममा भागेका अभियुक्त पक्राउ

काठमाडौं – म्याद थप गरी ल्याउने क्रममा जिल्ला प्रहरी परिसर

गैरपेसागत कार्यप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

काठमाडौं – प्रेस काउन्सिल नेपालले पत्रकारको आवरणमा गैरपेसागत क्रियाकलाप भएकाप्रति

एमाले देश परिवर्तनका लागि स्थापित पार्टी हो : महासचिव पोखरेल

दाङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले विपक्षीको

‘राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विषयगत समितिको

पाकिस्तान र इरानबाट तीन हजार भन्दा बढी अफगान परिवार स्वदेश फर्किए

काबुल – अफगानिस्तानको उच्च आयोगले जानकारी दिएको अनुसार पछिल्लो पाँच