११ दिनपछि सञ्चालनमा आयो बुद्धसिंह मार्ग « Khabarhub

११ दिनपछि सञ्चालनमा आयो बुद्धसिंह मार्ग


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दमौली – पहिरोका कारण एघार दिनदेखि अवरुद्ध तनहुँको बुद्धसिंह मार्ग पुनः सञ्चालनमा आएको छ । तनहुँको बन्दीपुर गाउँपालिकाअन्तर्गतका विभिन्न ठाउँमा पहिरो खस्दा बुद्धसिंह मार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो । 

तल्लो सेती जलविद्युत् आयोजनाको सहयोगमा बुद्धसिंह मार्गका विभिन्न ठाउँको पहिरो हटाइएको बन्दीपुर गाउँपालिका–६ निवासी सिद्धान्त गर्जामगरले जानकारी दिए। उनका अनुसार नाल्दीघाट, ढाप, खानीखोला, साराङघाट, पिउघरमा खसेको पहिरा पन्छाइएको छ ।

गर्जामगरले भने, ‘पटकपटक सडक डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय, बन्दीपुर गाउँपालिकालाई अनुरोध गर्दा उहाँहरूले चासो दिनुभएन । तल्लो सेती जलविद्युत् आयोजनालाई आग्रह गरेपछि उहाँहरूले डोजर उपलब्ध गराइदिनुभएको थियो । आइतबारदेखि पहिरा हटाउन सुरु गरेका थियौँ ।’

पहिराले ११ दिनदेखि बाटो अवरुद्ध हुँदा यस भेगका सर्वसाधारणले निकै सास्ती भोग्नु परेको गर्जामगरले बताए। बन्दीपुर गाउँपालिका–६ खानीखोलामा पहिरोले बाटो अवरुद्ध हुँदा र खोला बढेर विद्यार्थीलाई विद्यालयसम्म आवतजावत गर्न सास्ती भएको छ ।

 उनले भने, ‘यहाँ पुलको आवश्यकता छ, तर सरोकारवाला यस विषयमा संवेदनशील छैन ।’

गण्डकी प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिकले यही मार्ग प्रयोग गर्दै आएका छन् । 

गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रूपमा उक्त सडकलाई लिने गरिएको छ । उक्त बुद्धसिंह मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधीन अवस्थामा छ । 

सो पुलको निर्माण सम्पन्नपश्चात् बाटो छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ७ : २९ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष