११ दिनपछि सञ्चालनमा आयो बुद्धसिंह मार्ग « Khabarhub

११ दिनपछि सञ्चालनमा आयो बुद्धसिंह मार्ग


३ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दमौली – पहिरोका कारण एघार दिनदेखि अवरुद्ध तनहुँको बुद्धसिंह मार्ग पुनः सञ्चालनमा आएको छ । तनहुँको बन्दीपुर गाउँपालिकाअन्तर्गतका विभिन्न ठाउँमा पहिरो खस्दा बुद्धसिंह मार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो । 

तल्लो सेती जलविद्युत् आयोजनाको सहयोगमा बुद्धसिंह मार्गका विभिन्न ठाउँको पहिरो हटाइएको बन्दीपुर गाउँपालिका–६ निवासी सिद्धान्त गर्जामगरले जानकारी दिए। उनका अनुसार नाल्दीघाट, ढाप, खानीखोला, साराङघाट, पिउघरमा खसेको पहिरा पन्छाइएको छ ।

गर्जामगरले भने, ‘पटकपटक सडक डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय, बन्दीपुर गाउँपालिकालाई अनुरोध गर्दा उहाँहरूले चासो दिनुभएन । तल्लो सेती जलविद्युत् आयोजनालाई आग्रह गरेपछि उहाँहरूले डोजर उपलब्ध गराइदिनुभएको थियो । आइतबारदेखि पहिरा हटाउन सुरु गरेका थियौँ ।’

पहिराले ११ दिनदेखि बाटो अवरुद्ध हुँदा यस भेगका सर्वसाधारणले निकै सास्ती भोग्नु परेको गर्जामगरले बताए। बन्दीपुर गाउँपालिका–६ खानीखोलामा पहिरोले बाटो अवरुद्ध हुँदा र खोला बढेर विद्यार्थीलाई विद्यालयसम्म आवतजावत गर्न सास्ती भएको छ ।

 उनले भने, ‘यहाँ पुलको आवश्यकता छ, तर सरोकारवाला यस विषयमा संवेदनशील छैन ।’

गण्डकी प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिकले यही मार्ग प्रयोग गर्दै आएका छन् । 

गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रूपमा उक्त सडकलाई लिने गरिएको छ । उक्त बुद्धसिंह मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधीन अवस्थामा छ । 

सो पुलको निर्माण सम्पन्नपश्चात् बाटो छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्छ ।

प्रकाशित मिति : ३ भदौ २०८१, सोमबार  ७ : २९ बजे

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य