माओवादीको निष्कर्ष- पार्टीमा गुटबन्दी र व्यक्तिगत स्वार्थकेन्द्रित प्रवृत्ति मौलायो « Khabarhub

माओवादीको निष्कर्ष- पार्टीमा गुटबन्दी र व्यक्तिगत स्वार्थकेन्द्रित प्रवृत्ति मौलायो


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पार्टीभित्र गुटबन्दी मौलाएको निष्कर्ष निकालेको छ ।

यही साता सम्पन्न स्थायी कमिटी बैठकपछि नेकपा (माओवादी केन्द्र) ले जारी गरेको आन्तरिक सर्कुलरमा उक्त कुरा उल्लेख छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङले जारी गरेको सर्कुलरमा पार्टीमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा केन्द्रित प्रवृत्ति बढ्न थालेको उल्लेख छ ।

व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा केन्द्रित प्रवृत्ति बढ्दा निजी स्वार्थ समूहहरूको गुट–उपगुट पनि क्रियाशील भइरहेको निष्कर्ष माओवादीले निकालेको छ ।

विधान र विधि पद्धतिलाई अवलम्बन गर्ने कुरा कमजोर हुँदा पार्टीभित्र अराजक अवस्था आएको हो माओवादीले स्वीकारेको छ । उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डमाथि सार्वजनिक रुपमै गम्भीर प्रश्न उठाएको सन्दर्भमा यस्तो सर्कुलर माओवादीले जारी गरेको हो ।

माओवादीले नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनेको सरकारविरुद्ध जुनसुकै बेला सडक आन्दोलनमा जानुपर्ने निष्कर्ष पनि निकालेको छ ।

उसले नेता कार्यकतालाई आन्दोलनका लागि तयारी अवस्थामा रहिरहन पनि भनेको छ । माओवादीले प्रतिगमन, राष्ट्रघात र भ्रष्टहरूको संरक्षण गर्ने दिशामा सरकार  अघि बढेमा सडक आन्दोलनमा जानुपर्ने भनेको छ ।

माओवादीले कांग्रेस–एमाले ७ बुँदे सहमतिलाई प्रश्चगामी र प्रतिगामी कदम भनेको छ ।

माओवादीले प्रतिगमन, राष्ट्रघात, भ्रष्टहरूको संरक्षणको विरोध र जनताका दैनिक समस्यालाई सदनमा सशक्त रुपमा उठाउने जनाएको  ।

सदनमा खबरदारी गर्दा पनि सरकार प्रतिगमनतिर गएमा सडक आन्दोलनमा जानै पर्ने निष्कर्ष माओवादीको छ ।

‘कार्यदिशा अनुरूप कार्यक्रम र कार्यनीतिहरूलाई कार्यान्वयन गर्न मुख्यतः पार्टी सङ्गठनमा निर्भर रहन्छ । परन्तु: पार्टी सङ्गठनको क्षेत्रमा जुन गतिमा अगाडि बढ्नु पर्दथ्यो त्यस रूपमा अगाडि बढाउन सकेनौँ’, माओवादीले भनेको छ, ‘पार्टीमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा केन्द्रित प्रवृत्तिहरू बढ्न थाल्यो । त्यसले गर्दा निजी स्वार्थ समूहको गुट– उपगुटहरू क्रियाशील हुने जस्ता नकारात्मक चिन्तन प्रवृत्ति तथा गतिविधिहरू देखिए ।’

अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले पठाएको परिपत्रमा विभिन्न स्वार्थ समूहको गुट–उपगुट सक्रिय रहेको स्वीकारिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ७ : ५० बजे

विश्वकप २०२६ फाइनल: पहिलो हाफ गोलरहित, स्पेनको दबाब, अर्जेन्टिनालाई मार्टिनेजको चोट

न्यु जर्सी– फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीचको

पहिलो हाफमा अर्जेन्टिना र स्पेन गोलरहित बराबरीमा

काठमाडौं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल खेलको पहिलो

नेपाली शिक्षा परिषद्‌बाट दुई पुरस्कारको घोषणा

काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘गोपाल पाँडे असीम

१ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै

काठमाडौँ । नेपालमा भोलि (साउन ४ गते) १ हजार २५०

महाशाखाले भन्यो : यी क्षेत्रमा थप वर्षा, सतर्कता अपनाउनू

काठमाडौँ । हाल कोसी र बागमती प्रदेशका केही स्थान, लुम्बिनी,