परराष्ट्रमन्त्री र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता


३ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । उनीहरुबीच सोमबार साँझ भेटवार्ता भएको हो ।

भेटवार्तामा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् । भेटमा भारतको तर्फबाट विदेशमन्त्री एस जयंशकर, सुरक्षा सल्लाहकार अजित डोभल लगायतको सहभागीता रहेको थियो । भने नेपालको तर्फबाट दूतावासका अधिकारीहरु सहभागी थिए ।

भेटवार्तामा नेपाल-भारत सम्बन्धलाई थप सुमधुर बनाउन, सहयोग अभिवृद्धि गर्न र पारस्पारिक हितका विषयमा छलफल भएको बताइएकाे छ ।

यसअघि देउवाले सोमबार दिउँसो त्यहाँस्थित समकक्षी एस. जयशंकरसँग भेटवार्ता गरेकी थिइन् । भेटपछि राणाले जयंशकरसँग दुई देशबीचका बहुआयामिक सम्बन्ध, नेपाल– भारत सम्बन्धका विविध पाटा, एकअर्काबीचको सहकार्य र तिनका सम्भावनाबारे कुरा भएको जानकारी दिएकी छन् ।

परराष्ट्रमन्त्री राणा भारतीय समकक्षी डा एस जयशंकरको निमन्त्रणामा आइतबार नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । मन्त्री राणाको भ्रमणअघि नै भारतीय विदेश मन्त्रालयले नेपाललाई निकट छिमेकीका रुपमा आफ्नो प्राथमिकतामा राखेको जनाएको थियो।

मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

याे पनि

परराष्ट्र मन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

प्रकाशित मिति : ३ भदौ २०८१, सोमबार  ९ : ०४ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स